सुप्रज्ञा आचार्य
कक्षाः ३, न्यु होराइजन इङ्ग्लिस बोर्डिङ स्कुल
बुटवल
विसं २०८१ कात्तिक २२ गते बिहीबार । छठ पूजाको दिन । बुटवलको मौसम निकै रमाइलो थियो । बाबाआमाको कार्यालय बिदा थियो । हाम्रो घरमा मितबाबा, मितिनीआमा, दिदी प्रकृति र दादा प्रकट आउनुभएको थियो । हामीहरू रमाएका थियौँ । बिहानको खाना खाएपछि दिदी, दादा, म र बहिनी मिलेर घुम्न जाने निर्णय गर्यौं । बाबाआमालाई भन्यौँ । बाबाआमाले पनि हाम्रो कुरा मान्नुभयो । हामी सबै जना मिलेर वनवाटिका घुम्न गयौँ ।
बुटवलबाट दक्षिणमा रहेको तिलोत्तमा नगरपालिकामा पर्ने वनवाटिका पार्क निकै सुन्दर छ । पार्कमा जिराफ, डाइनासोर, हात्ती, चिम्पान्जीका सुन्दर सालिक र बगैँचा निर्माण गरिएको रहेछ । वनवाटिका टावर र नक्कली हिमालको आकृति झनै राम्रो लाग्यो । त्यहाँ रङ्गीबिरङ्गी फूल फुलेका थिए । फूलमा पुतली पनि चरिरहेका थिए । हामीलाई मन प¥यो । हे¥यौँ र तस्बिर पनि खिच्यौँ ।
हामी त्यहाँबाट भित्र गयौँ । त्यहाँ बालवाटिका रहेछ । त्यहाँ थुप्रै पिङ रहेछन् । हामीले मच्चाइ मच्चाइ पिङ खेल्यौँ । हामीले चिप्लेटी, ट्राम्पोलिन, मेरी–गो–राउन्ड, बल, खेलौना गाडी, सानो रेल र धेरै खेल खेल्यौँ । दिदी प्रकृति, दादा प्रकट, बहिनी सुविज्ञा र म निकै रमायौँ ।
हामी वनवाटिकाभित्र रहेको चिडियाखाना हेर्न गयौँ । त्यहाँ बाँदर, हरिण, जरायो, गिनी पिग, खरायो, चितुवा, भालु, वनकुखुरा, मयूर, सुगालगायत पशुपन्छीलाई संरक्षण गर्न थुनेर राखेको रहेछ । जनावर हेर्दै गर्दा म बाबाआमा, दादा, दिदीसँग बिछोडिएँ ।
म बाटोमा अल्मलिएँ । त्यसदिन वनवाटिकामा भिडभाड थियो । मैले बाबाआमालाई यताउता खोजेँ तर कतै देखिन । म आत्तिएँ । फेरि समालिएँ । घुम्न आउनुभएको एक जना अङ्कललाई म आमाबाबासँग बिछोडिएको कुरा बताएँ ।
मैले मेरी आमाको मोबाइल नम्बरमा फोन गरिदिन अनुरोध गरेँ । उहाँले आमालाई फोन गरिदिनुभयो । बाबाआमा म भएको ठाउँमा मलाई लिन आउनुभयो । उहाँहरू पनि मलाई खोज्दै हुनुहुँदो रहेछ । हामी सबै जना भेट भयौँ । सबै जना मिलेर घरबाट लगेको खाजा खायौँ र घर फर्कियौँ । आमाको फोन नम्बर याद गरेकोले म भेटिएँ । अभिभावकको मोबाइल नम्बर थाहा हुँदा कहीँकतै हराउँदा फेला पार्न सजिलो हुने रहेछ ।