यसपाली हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सप्तरी जिल्लाको एक सय ४२ विद्यालयबाट आठ हजार ७ सय १५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो।
‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।
वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ ।
नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौँमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो ।
हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा ‘हिमवत्खण्ड कला-हित्य-संस्कृति सम्मिलन’ हुँदैछ ।
बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ ।
नेपालको सबैभन्दा लामो धार्मिक पदयात्राको रूपमा परिचित १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू बिहीबार जनकपुरधाम आइपुग्नुभएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
कालीगण्डी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियूको प्यानल निर्विरोध निर्वाचित भएको छ ।
लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् ।
झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले तीन दिने हिमवतखण्ड कला, साहित्य संस्कृति सम्मिलन २०८१ आयोजना गर्दैछ । कार्यक्रमको उदघाटन चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभागृहमा गर्नुहुने आयोजकले जनाएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ मा विनियोजन गरेका एकसय १६ सहित गौरबका योजना कार्यान्वयन हुने भएकाे छ ।
पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज चर्च ब्वाइज काठमाडौँ र नमोबुद्ध युथ क्लब सप्तरीबिच प्रतिस्पर्धा हुँदैछ ।