प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र लुम्बिनी प्रदेश विजयी भएको छ ।
यातायात पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिँदै गएको मात्र छैन, धुलो, धुँवा र ध्वनि प्रदूषणले पर्यटकलाई अशान्त बनाउँदै लगेको छ ।
वालिङ नगरपालिकाले प्रथम पिकं सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा अपराजित कायमै राखेको छ ।
नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जित्नुभएको छ ।
बागमती प्रदेशभित्रका सहकारीका समस्या समाधानका लागि तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाहरूको दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीस्थित नेपाली सेनाले भोगचलन गर्दै आएको सार्वजनिक क्षेत्रबाट सडकको ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ ।
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार होली मनाएका छन् ।
‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी फोटो प्रदर्शनी नेपालगन्जमा हुनेभएको छ । फोटो प्रदर्शनीबारे बिहीबार नेपालगन्जका सरोकारवालासँगको छलफल तथा भेटघाट गरिएको छ ।
जिल्लाको छायाँनाथ रारा नगरपालिका –१४ बामगाउँको थुम्बाडा बस्तीका एक जना स्थानीयको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ। स्थानीय रत्नबहादुर बडुवालले दिएको जानकारीअनुसार ४५ वर्षिया चन्द्रबहादुर बडुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको हो।
आज पहाडी क्षेत्रमा देशभर होली मनाइरहेका बेला तराईका थारू समुदायले चीर दहन गर्दैछन् । प्रकृति र भूमिसँग रमाउने भएकाले थारू समुदायको प्रकृतिसँग अत्यन्त नजिक सम्वन्ध रहेको अगुवाहरुको भनाइ छ ।
गोरखा नगरपालिका–८ का कृष्णबहादुर केसीले कुखुरा पालनबाट मासिक २ लाख ५० हजार भन्दाबढी आम्दानी गर्दै आउनुभएको हो ।
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकहरू होली पर्वमा रङसँगै रमाएका छन् । पर्यटकको केन्द्र लेकसाइडमा विभिन्न देशका पर्यटक एकले अर्कोलाई रङ लगाएर रमाएका हुन् ।
उखु अभाव र मौसमी प्रतिकुलताको सामना गर्दै रामनगरस्थित एभरेस्ट चिनी मिलले यस वर्षको क्रसिङ सम्पन्न गरेको छ ।
जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग पहिचानका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँचका क्रममा १४ जना पाठेघर सम्बन्धी क्यान्सरका शंकास्पद बिरामी महिला भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराले जनाएको छ।