कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) मा हेलिकोप्टर उडान गर्दा प्रतिउडान १० हजार रुपियाँ शुल्क तिर्नुपर्ने भएको छ । पालिकाको वडा नम्बर ११ मा पर्ने एबिसीमा अहिले दुई हेलिप्याड छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो ।
बागमती प्रदेशको राजधानी हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका –४ मा सितलमहलचोक नजिक गरुडपथ जाने भित्रीसडक खण्डमा शङ्कास्पद वस्तु फेला परेको हो ।
अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।
मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ मनहरी गाउँपालिका –६ नयाँबस्ती बस्ने ३१ वर्षीय इन्द्रलाल मोक्तानको करेन्ट लागेर मृत्यु भएको हो ।
फागु पूर्णिमा अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ।
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ नयाँ दिल्ली पुग्नुभएको हो।
नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्वाइज क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हरायो ।
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ खेलमा घरेलु टोली युगान्डाले जितका लागि नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।
मालपोत कार्यालय नवलपुरले कावासोती नगरपालिका –४ को छुट जग्गा नापजाँचको काम तत्काल अघि बढाउने जनाएको छ । कावासोतीका प्रमुख मालपोत अधिकृत हरिकृष्ण सुवेदीले तत्काल छुट जग्गा नापजाँचको काम अघि बढाइने बताउनुभएको हो ।
नेपालका अधिकांश क्षेत्रमा थकाली भान्साघरको नाममा सञ्चालित व्यवसायले मुख्य थकालीको अपनत्वलाई नै बदनाम गर्ने काम गरेको गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेल ढोर प्राकृतिकरूपमा जति मनमोहक छ त्यहाँको जनजीवन भने कष्टकर छ । निसीखोलाको मध्य भाग हुँदै पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार हुँदा सडक आसपासमा बजारीकरणको लहर चलेको छ । तर गामीण जनजीवन अत्यासलाग्दो छ ।