गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । सामाजिक तथा सांस्कृतिक रूपमा मनाइने पर्व गाईजात्राको अवसरमा भदौ ४ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो ।
तानसेन नगरपालिका–११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय वर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो ।
पर्साको ग्रामीण भेगबाट ठुलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ । पर्सा प्रहरीले पछिल्ला दिनमा ठुलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै सो खुलासा भएको हो ।
राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।
युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।
एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतबिच अर्थ मन्त्रालयमा छलफल भएको छ ।
तेजाब आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किँदै छन् ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । आइतबार दिउँसोबाट सुरु भएको समितिको बैठकमा जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरुसँग छलफल भइरहेको छ ।
अब सिजन सक्किनै लाग्यो । बारीमा लहरिएको काँक्राको बोट पहेंलो हुनथाल्यो । करिब अन्तिम सिजनका काँक्रा टिपेर सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाउने तयारी गर्दै हुनुहुन्छ ।
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ । बैठकमा विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विषयमा छलफल भइरहेको छ ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार सकिएसँगै रोपाइँ पनि सकिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।