समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रबार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिबार बिहान भैरहवा ल्याइएको हो ।
शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको कालिका मन्दिरमा धेरै पहिला राजाले मात्र पूजा गर्ने चलन थियो ।
कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थाल्नु भएको छ ।
पछिल्लो समय नारायणघाट–बुटवल सडकखण्डको कामले तीव्रता पाएको छ ।
भूकम्पपछि सरकारले जाजरकोट जिल्लालाई सङ्कटापन्न क्षेत्र घोषणा गरेको छ । जिल्लाको भूकम्प प्रभावित क्षेत्र सात वटै स्थानीय तहका ग्रामीण बस्तीमा खडेरी बढेसँगै पानीका मुहान सुक्न थालेपछि समस्या बढेको छ ।
यहाँको छायानाथ रारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नु परेको छ ।
गत वर्ष कात्तिक १७ गतेको भूकम्पको क्षति बिर्सन नपाउँदै शुक्रबार साँझ तीन मिनेटको फरकमा कुसे गाउँपालिका–९, पैङ्क केन्द्रविन्दु भएर भूकम्प गएपछि जाजरकोटवासी त्रसित छन् । शुक्रबार राति ८:७ बजे र ८:१० मिनेटमा ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएपछि सर्वसाधारण त्रसित भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
पाख्रीबास नगरपालिका वडा नम्बर ९ उत्तरपानीमा भीषण आगलागी हुँदा ११ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । स्थानीय अमर श्रेष्ठको काठ, पात र टिनको छानाले बनेको दुई तले घरमा आगलागी भएको हो । शनिबार साँझ ७ः३० बजे टिभि कोठाबाट अचानक आगो सल्किएको हो ।
झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ ।
जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।
करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मङ्सिर २८ गतेदेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमास्थलमा आइतबारबाट हवाइ उडान सुरु भएको हो ।
गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कनुहुन्छ । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उहाँलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त हुनुहुन्छ ।
चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थिए ।