नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ ।
सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेपछि उहाँ चर्चामा हुनुहुन्छ । उहाँले सर्लाहीबाट लगातार चौथो पटक प्रतिनिधि सभा सदस्य बन्ने मौका प्राप्त गर्नुभएको छ ।
महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई सव्रिmय रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्याङ्कनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभएको हो ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले परिवर्तन र सुशासन कायम गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएपछि चर्चामा आएका आचार्यले आफूले निर्वाचनका क्रममा सुशासन र परिवर्तन ल्याउछु भनेको स्मरण गर्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभयो । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८७ मत प्राप्त गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित सांसद बोधनारायण श्रेष्ठले आफ्नो पहिलो एजेन्डा नै भ्रष्टाचारविरुद्धमा आवाज उठाउने रहेको बताउनुभयो । सामाजिक क्षेत्रमा काम गर्दा गर्दै राज
मजदुर अभाव र निर्माण सामग्री आपूर्तिमा देखिएको समस्याका कारण मुग्लिन–मलेखु सडक विस्तारको काम प्रभावित भएको छ।
यस पटकको प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्षतर्फ दैलेख क्षेत्र नं. १ बाट बासना थापा निर्वाचित हुनुभयो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी थापा कर्णाली प्रदेशमा निर्वाचित हुने एक्ली महिला सांसद हुनुहुन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ ।
कर्णाली राजमार्गको स्तरोन्नतिको मुद्दा तीन दशकदेखि उठाए पनि हालसम्म अधुरै रहेको छ । विभिन्न दलका नेताले यसलाई चुनावी मुद्दा बनाउने गरेका छन् ।
पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो ।
टीकापुर नगरपालिका–१ स्थित टीकापुर–सनकट्टी–बर्दिया सडकमा बिचबाट ढल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बन्न थालेको ढलले सडक बिग्रिन थालेको छ । यो सडकको चौडाइ २० मिटर रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गर्नुभयो ।
गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ ।