राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवम् सांसद डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
टर्कीलाई रूस र युक्रेनबिचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्की भ्रमण गर्ने अवसर खोज्न आग्रह गर्नुभएको छ ।
बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्नमाथिको प्रतिबन्ध हटाएको एक रिपोर्टमा उल्लेख छ ।
तनहुँको भानु नगरपालिकामा पर्ने भिसी शेरबहादुर मोटरमार्ग कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका साना सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आउन थालेका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकासको काम ३० प्रतिशत सम्पन्न भएको छ ।
काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको विपी राजमार्ग पूर्णरूपमा सुचारु भएको छ ।
उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
कैलालीमा स्थानीयस्तरमा विपद् पूर्व तयारी थालिएको छ । बाढी, डुबान जस्ता प्राकृतिक प्रकोपबाट जीउधनको सुरक्षाका लागि पूर्व तयारी थालिएको हो ।
बाजुराको बुढीगङ्गा नगरपालिकाले आफ्नो पालिकाको विकासका लागि १५ बुँदे साझा प्रतिबद्धता पत्र जारी गरेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार सङ्क्रमण पुष्टि भएको छ ।
यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्त्वका साथ अघि बढाइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले मङ्गलबार भेटवार्ता गर्नुभएको छ ।