बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बाउली खोलामा पुल निर्माणको काम सुरु गरिएको झण्डै पाँच वर्ष भयो ।
काठमाडौँ, कात्तिक ३० गते । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबिचको द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागु औषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो । यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्ने बारेमा विचारविमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेन्डा कार्यान्वयको विषयमा समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।रासस
कारागार कार्यालय रूपन्देही सिद्धार्थनगरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् ।
विविध कारणले सुनसरीको इटहरी नगरपालिकामा हुने रेशमखेती ओझेलमा परेको छ ।
कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले ‘कोल्ड स्टोरेज’ तथा प्याज भण्डारण शेड निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाले आफ्नै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका-५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल ।
बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तिमा १२० जना घाइते भएको एएफपीले जनाएको छ । घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारीहरू रहेका छन् ।
कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ ।
राजविराजबाट करदाता सेवा कार्यालय अन्यत्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरू धर्नामा बसेका छन् । कर कार्यालय अन्यत्र नसार्न माग गर्दै उद्योगी व्यापारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्नामा बसेका हुन् ।
सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ ।
३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ ।
सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिच भएको द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ ।