विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक ३० गते । राजविराजबाट करदाता सेवा कार्यालय अनयन्त्र सार्ने निर्णयको विरोधमा सप्तरीका उद्योगी व्यवसायीहरु धर्नामा बसेका छन् । कर कार्यालय अन्यत्र नसार्न माग गर्दै उद्योगी व्यापारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्नामा बसेका हुन् ।
यसअघि करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा सङ्कलन गरिएको पाँच हजारभन्दा बढि हस्ताक्षर प्रधानमन्त्रीलाई सुशीला कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत पठाइएको थियो ।
कात्तिक २२ गतेदेखि थालिएको आन्दोलन आन्दोलनअन्तर्गत ३० गते आइतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको उद्योग वाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले बताउनुभयो ।
जिल्लामा ७० हजारभन्दा बढि करदाता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्नेमा रहेको कार्यालय पनि सारिएमा यहाँका उद्योगी व्यवसायीहरुले दुःख पाउनुका साथै राजस्व सङ्कलनमा कठिनाई हुने उहाँले तर्क राख्नुभयो ।