अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ ।
नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदै एक जनाको घटनास्थमै मृत्यु भएको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–४ छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयको भवन बनाउन तीन करोड बजेट विनियोजन भएको छ ।
कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
गोरखा सदरमुकाम नजिकै रहेको वडा नम्बर १२ को दशकिलोमा एउटा सानो आँगन बिहानको कोमल घाम छिर्न नपाउदै, एक ५० वर्षीय अधबैशेको हात बिहानदेखि तातोपानीको गागर राखेर छाला सफाईमा व्यस्त हुनुहन्छ ।
यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।
कैलाली हार्डवेयर सङ्घको अध्यक्षमा पुनः कुबेरबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।
मन्थरा रामायणकी एक नारी पात्र हुन् । वाल्मीकि रामायणको अयोध्या काण्डको नवौँ सर्गमा मन्थराका बारेमा चर्चा छ । यिनी कैकेयीका काकाकी छोरी थिइन् भनिन्छ । कैकेयी केकय देशका राना अश्वपति र उनकी पत्नी शुभलक्षणाकी छोरी थिइन् ।
एउटा गाउँमा एक किसान परिवार थियो । गाउँबाट केही टाढा किसानको खेतबारी थियो । सधैंँ किसान आफ्नो खेतबारीमा काम गर्न जाने गर्नु हुन्थ्यो । किसानसँग खेत जोत्नका लागि एक हलगोरु पनि थियो । खेतबारीनजिकै जङ्गल पनि थियो ।
मकवानपुरको बकैया गाउँपालिका ९ स्थित शिखरपुरमा खोलामा डुबेर एक बालकको मृत्युभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूलाई प्राप्त हुने तलब भत्ताको रकम र व्यक्तिगत खर्चमा सडक निर्माण गर्न लाग्नुभएको छ ।
घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ ।
पाल्पा रामपुर नगरपालिकाको रातामाटादेखि प्याकलुक पक्की पुल जोड्ने सडक स्तरोन्नति हुने भएको छ । वडा नं. ७ को रातामाटा, कठान वडा नं. ६ को गैटार हुँदै प्याकलुक पुल जोड्ने सडकखण्ड स्तरोन्नति हुने भएको हो ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदान स्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ ।