गुणबहादुर रोका
सुलीकोट, कात्तिक ३० गते । गोरखा सदरमुकाम नजिकै रहेको वडा नम्बर १२ को दशकिलोमा एउटा सानो आँगन बिहानको कोमल घाम छिर्न नपाउँदै, एक ५० वर्षीय अधबैंसेको हात बिहानदेखि तातोपानीको गागर राखेर छाला सफाइमा व्यस्त हुनुहन्छ ।
ती हात हरिराम कुलुका हात हुन् जसले ३५ वर्षदेखि मादलको आकार, ताल र आत्मा गढ्दै आएका यी हात आज तीव्र चिन्ताले काँपिएका छन् । किनकि उहाँ बनाउने मादल जस्तै उहाँको सीप पनि समयको आँधीबेरीमा विस्तारै विस्तारै धमिलो हुँदैछ ।
हरिरामका लागि मादल केबल एउटा वाद्य यन्त्र मात्र होइन, जीवन धान्ने आधार हो, पुस्ताले सुम्पेको अमूल्य धरोहर हो, अनि भावनको धुन हो । सरीता मादल उद्योग नामको सानो कार्यशाला उहाँको जीवनभरको परिश्रम हो, जहाँ काठको सुगन्ध, छालाको स्पर्श र धुनको जन्म एकै साथ हुन्छ । तर अहिले त्यो कार्यशाला सुनसान छ, मात्र हाबाले ढकढकाएको पुरानो ढोकाको आवाज र अधुरो मादलमा थन्किएको धुलो ।
विगत पाँच वर्ष पहिलेसम्म दुईदेखि नौ हजारसम्मको मादल बनाउने हरिरामलाई अहिले ग्राहक मात्र होइन, सामग्री खोज्न नै कठिन भएको छ । पहिला जताततै पाइने खिरो काठ अब जङ्गलको गहिराइमा लुके जस्तो लाग्छ । मरेका गाई गोरुको छाला किनै दुईदेखि तीन हजारसम्म लाग्छ । त्यसमा इनामेल पेन्ट, फलामे ढुङ्गा डोरी सबैको मूल्य छोइनसक्नु भएको छ ।
जसका कारण दिनभर कडा मिहिनेत गर्दासमेत मूल्य बढ्यो माग घट्छ त्यस कारण उहाँ भन्नुहुन्छ, ‘‘आँखामा थकान मात्रै होइन, एक किसिमको नैरासेएता झल्कन्छ ।’’
उहाँ सम्झनुहुन्छ, ‘‘एक समय गाउँका युवा, कलाकार र बुढापाका सबैको मनमा ‘स्थानीय मादल’ को यति सम्मान थियो भनिसाध्यै नै छैना, उ बेला मेलापर्वमा गुञ्जिने मादलको तालले गाउँ बस्थ्यो, मन खुशी हुन्थ्यो, राम्रो आम्दानी गरेर बच्चा बच्ची हुर्काउन पढाउन सहज थियो, तर अहिले शहरका बजारमा विदेशी धुनको चमक, डिजिटल ध्वनि र सस्तो विकल्पहरुले मादलको आत्मलाई नै पन्छाइदिएका छन् ।’’
हरिराम कुलुले मादल बनाउँदा दिनभरको थकान पनि धुनमा हराउँथ्यो । तर आजकल उहाँले काम सुरु गर्नु अघि आफैँलाई प्रश्न सोध्नुहुन्छ समयले मलाई छोड्दैछ कि मैले समयलाई । उहाँको सीप जसले दशौँ वर्षासम्म संस्कृतिको जीवन्तता बोकेको थियो । अहिले भविष्यहीन यात्रुजस्तै भट्किएको जस्तो छ ।
उहाँको विचारमा मादल हराउँदा केबल एउटा बाद्य हराउने होइन नेपाली पहिचानको स्पनदन हराउँदै जानेछ । हरिराम कुलुको मिहिनेत, परम्परा र जीवनभर बटुलेको धुनसँगै विस्तारे मौनतामा बिलाउँदै छ ।
सम्बन्धित निकायको मादलको संरक्षण संवर्धनमा ध्यान गएन भने नेपाली सांस्कृति इतिहासका पानामा हरिरामको मादलको मधुर ताल भएको कथा मात्र बन्नेछ ।