मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना पूरा भएको छ । संवैधानिक व्यवस्था अनुसार गएको जेठ १५ चालु आवका निम्ति प्रस्तुत गरेको बजेट साउन १ गतेदेखि नै कार्यान्वयनमा आएको हो । बजेट कार्यान्वयनमा आएको दोस्रो महिनामै देशमा ठुलो परिवर्तन भयो ।
ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।
लोकतन्त्रमा राजनीतिक दल महत्वपूर्ण अङ्ग हो, जसले जनतालाई एकत्रित र सङ्गठित गर्नुका साथै तिनका मुद्दाको प्रतिनिधित्व गर्छ । राजनीतिक दल जनताका विविध भोगाइ, आवश्यकता र आकाङ्क्षाबाट निर्मित सङ्गठित शक्ति हो, जसले जनतालाई चिन्नु पर्छ र जसलाई जनताले पनि चिन्नु पर्छ ।
गल्याङ् नगरपालिका –९ डुबिनडाँडा कल्लाबारीका युवकलाई एक नाले भरुवा बन्दुक प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीय ३६ वर्षीय रामप्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।
चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा आएको बदलाबसँगै नेपाल आमनिर्वाचनको सँघारमा उभिएको छ । आउँदो फागुन २१ गते निर्वाचन हुँदै छ । निर्वाचन जेनजी आन्दोलनले ल्याएको परिवर्तनको उपज हो ।
गुल्मीमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको पाइएको छ । पछिल्लो डेढ वर्षको समयमा यस जिल्लामा विद्युतीय गाडीको सङ्ख्यासँगै प्रयोगकर्ता पनि बढ्दै गएका हुन् ।
सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ ।
नेपालमा बैङ्किङ व्यवसायको जग शङ्खधर शाख्वाले ११ औँ शताब्दी पूर्व नै राखिदिएका हुन् । उनले त्यति बेला जनताको ऋण तिरिदिएका थिए भनिन्छ । मानदेवको पालामा मानाङ्क, गुणकामदेवको पालामा गुणाङ्क, रत्न मल्लको पालामा तामाको सिक्का तथा महेन्द्र मल्लको पालामा महेन्द्र मल्ली नामक मुद्रा प्रचलनमा ल्याएका थिए । गुणकामदेवले जनताबाट ऋण उठाइ काठमाडौँ स्थापना गरेको ऐतिहासिक
बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ ।
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाकी बिमला शाहीको हत्या भएको खुलेको छ । यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिनुभएको २४ वर्षीया बिमला शाहीको हत्या भएको खुलेको हो ।
नेपाल बैङ्क लिमिटेडको स्थापना मुलुकको अर्थतन्त्रको विकासमा ऐतिहासिक परिघटना थियो । आधुनिक वाणिज्य बैङ्क र केन्द्रीय बैङ्कसमेत स्थापना नभएको बेला नेपाल बैङ्कको स्थापनाबाट मुलुकमा उद्योग, वाणिज्य क्षेत्रका गतिविधि अगाडि बढाउन मद्दत पुगेको थियो ।
नेपाली लोककलामा सिर्जनात्मक खोजी नै कलाकार मनिषा साहको परिचय बन्दै गएको छ । नेपाल ललितकला क्याम्पसबाट क्रियटिभ आर्टमा स्नातकोत्तर गर्नुभएकी मनिषाले तराईको भूमि, भाव र परिवेशलाई कलामा समेत पछ्याउँदै अघि बढ्नुभएको छ ।
अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा नौ करोड ७० लाख सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख सङ्कलन भएको हो ।