गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाईड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढी गण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना विकास गर्न लागेको हो ।
लुम्बिनी प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको छ । साक्षर प्रदेश घोषणाका लागि मापदण्ड पूरा गरेपछि यही पुस १३ गते प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ ।
पश्चिम नवलपरासी जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले काठ चिरानका क्रममा करोडौँ मूल्य बराबरको काठ घोटाला गरेको आशङ्का स्थानीयले गरेका छन् ।
भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन गर्न सकिने जानकारी दिनुभयो ।
स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक
इस्मा गाउँपालिका–१ को विपि पार्क खेल मैदानमा सञ्चालन भएको छैठौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगीतामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् ।
नेपालको मौलिक पहिचान बनेको हात्तीपोलो खेल लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट सुरु हुन लागेको हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला विश्वमै निकै महìवपूर्ण मानिएको हात्तीपोलो खेल लोप हुने चिन्ता व्यक्त गरिएको हो ।
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि यहाँका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारको सिफारिसदेखि लिएर नेताहरूले जनतासँग भेटघाट पनि सुरु गरिसकेका छन् ।
कोशी प्रदेशकै उत्कृष्ट र नमुना बनाउने उद्देश्यले आठ वर्षअघि निर्माण सुरु भएको उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी सभागृह’ अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासु
कर्णालीमा दर्जनभन्दा बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पूरा गरेका छैनन् । प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजारौँ बालबालिका आश्रित छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँहरुको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री आचार्यले बताउनुभएको हो ।
जुम्लाको गुठीचौर गाउँपालिका–१ की दुर्गा बस्नेत गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुभएको छ । उपचारका लागि आवश्यक आर्थिक स्रोत अभाव हुँदा उहाँको उपचारमा समस्या उत्पन्न भएको छ । केही समयदेखि दुर्गाको शरीरका विभिन्न भागमा गम्भीर सङ्क्रमण देखिएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदानकेन्द्र निर्धाण गरिएका छन् । यसमा दुई वटा मतदानस्थल र नयाँ चार वटा मतदान केन्द्र थपिएका हुन् ।