साधन र स्रोतलाई भोलिका दिनमा प्रतिफल आउने आशामा आज गरिने प्रयोग नै लगानी हो । लगानी पैसा, समय, श्रम, नाम, ट्रेड मार्क आदि हुन सक्छ । लगानीबाट प्राप्त हुने प्रतिफल लगानीकर्ताले बहन गर्ने जोखिमका आधारमा निर्भर हुन्छ । बढी प्रतिफल प्राप्त गर्ने चाहना राख्ने लगानीकर्ताले जोखिमको भार पनि बढी नै वहन गर्नु पर्छ । कम जोखिम वहन गर्दा प्रतिफल पनि कम नै प्राप्त हुने गर्छ । ब
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आयोजना गरेको निर्वाचनलक्षित छलफलमा सहभागी भएपछि बाहिर निस्केर एमालेका एक नेताले भन्नुभयो, “प्रधानमन्त्रीले आज बोलाएका बैठकले नै संसद् पुनस्र्थापना गर्ने मा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् ।
नेपालका लागि वैदेशिक रोजगार केवल व्यक्तिगत रोजगारीको माध्यम मात्र होइन । यो राष्ट्रिय अर्थतन्त्र र सामाजिक संरचनाको पनि एक प्रमुख आधारशिला बन्दै गएको छ । हालका वर्षमा वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रलाई गतिशील बनाउने काम गरेको छ । यसले देशका करिब ६० प्रतिशत घरपरिवारको चुलो बालेको छ र अन्य महìवपूर्ण आर्थिक सहायता गरेको छ । यसैलाई दृष्टिगत गरी सरकारले निरन्तर रूपमा वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र विकासमुखी बनाउने दिशामा नीतिगत, संस्थागत, व्यवस्थापकीय र कूटनीतिक प्रयास गर्दै आएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ ।
डिसेम्बर १० देखि मार्च १४ सम्म काठमाडौँमा मात्र होइन, देशभरि मानसिक स्वास्थ्यको प्रवर्धन, रोकथाम र उपचारमा पहुँच वृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान २०२५’ सुरु गरेको छ । स्वा
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माको जीवन आगोको रापसँगै बितिरहेको छ । पुर्ख्यौली पेशा आरानलाई जीवनको आधार बनाउँदै आउनुभएका उहाँले दशकौँसम्म बालीघरे प्रथाको भार बोक्नुभयो ।
१०० वर्ष अघिको गोर्खापत्र
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार दिनेश अधिकारीको शब्द रचनाको गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । गीतको निर्देशन निकेश खड्काले गर्नुभएको हो ।
नलगाड नगरपालिका–२ बालमैत्री वडा घोषण भएको छ । सरकारले बालमैत्री वडा घोषणका लागि तोकेका सूचनहरु पूरा गरेपछि एक कार्यक्रमको आयोजना गरी घोषणा गरेको हो ।
गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारी शनिबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभएको छ ।
गुल्मीको महेन्द्र माविले छठौं फार्टिन स्टार कप जिल्लाका माद्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगीताको उपाधी प्राप्त गरेको छ ।
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाफा बढेको छ । संस्थाको शनिबार आयोजित १९ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा एक लाख ८४ हजार ३७९ रुपियाँ नाफा भएको उल्लेख छ । संस्थाले त्यसअघि आव २०८०/८१ मा एक लाख ७५ हजार ३४३ रुपियाँ नाफा आर्जन गरेको थियो ।
उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ ।