हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–४ मा शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेका छन् । हरिनगरा माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा पूजा कुमारी दासलाई ४७ वर्षीय शिक्षक रघुनाथ मेहताले कुटपिट गर्नुभएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरूद्वारा केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने कार्य तीव्र रुपमा चलिरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
अत्यधिक चिसो बढेपछि बाँकेको जानकी गाउँपालिकाले आठ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशनका लागि वाजीलाई सभापति बनाउन मिक्लाजुङ कांग्रेसमा सहमति जुटेको हो ।
पाँच विद्यालय र चार कलेजका गरी ७८ जना बालिकाको पठनपाठनमा हाम्रो समाज नेपालले सहयोग गरेको छ । हाम्रो समाजको सप्तरीको महादेव गाउँपालिका ५ भगवतपुरमा आयोजित १४औं साधारण सभामा सो जानकारी गराएको हो ।
रौतहटको इशनाथ नगरपालिका–१, बन्जरहामा आयोजित निःशुल्क आँखा शिविरमा ७४२ जनाको परीक्षण भएको छ । नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना तथा नेपाल भारत मैत्री संघ रौतहटको समन्वयमा शनिबार सञ्चालन भएको उक्त शिविरमा ७४२ जनाको आँखाको परीक्षण गरिएको हो ।
जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भएका कारण सडकमा पूर्ण रुपमा यातायात सञ्चालन बन्द गरिएको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । घटनामा ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
सुनकोशी वाङ्मय प्रतिष्ठान र जनमैत्री बचत तथा ऋण सहकारी संस्था पनौती–१ काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा ‘साहित्यसँग सहकारी र पर्यटनको बारेमा बृहत अन्तरक्रिया गरिएको छ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
गोरखामा आयोजना हुन लागेको १२ गोरखा महोत्सव एवम् गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । यस अघि वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।