बर्दियाको बाँसगढी नगरपालिकाले गाई भैसीको पोषण सुधारका लागि पोषण प्रोत्साहन अनुदान दिने गरेको छ । बिमा गरेका पशुहरू व्याएमा मासिक दुई हजार पोषण सुधार अनुदान दिने गरेको हो ।
छिल्लो समय सामाजिक सञ्जालमा पारिवारिक र प्रेम सम्बन्धका रिल र टिकटक बनाएर चर्चामा रहनुभएकी सुलोचनाको कथासङ्ग्रह आइतबार सार्वजनिक भएको हो ।
सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप गर्न अनुमति दिने निर्णय गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा.रुद्र मरासिनी नियुक्त हुनुभएको छ ।
जाडो मौसम बढेपछि बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीमा निर्भर हुन थालेका छन्।
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ।
पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनु भएको छ ।
अपाङ्गता भएका आदिवासी जनजाति, सीमान्तकृत समुदायको आवाजलाई सञ्चार माध्यमले अझै प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गर्नुभएको छ।
प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ ।
दाङको घोराहीमा पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ ।
पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।