निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेपछि सङ्कलन कार्य सुरु हुने भएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा –३ मा अवस्थित फुङलिङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आइतबार विसं २०५५ को भानु माविको एसएलसी ब्याचका विद्यार्थीहरूले विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बिच एकीकरण गर्ने निर्णय भएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुना स्थित धनजनता माध्यमिक विद्यालयले कक्षा कोठाभित्र चिसो भएपछि विद्यार्थीहरुलाई चौरमा राखेर परीक्षा संचालन गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो।
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताउनुभएको छ।
राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङबाट राजनीतिक दलहरुले उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन्। दलहरुले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्।
आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइतवार दिउँसो साढे २ बजेतिर पानीमा डुबेर मृत्यु भएको हो ।
मनोहर माध्यमिक विद्यालय, काठमाडौँका तत्कालीन प्रधानाध्यापक प्राचार्य वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।