खपत बढेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म एक खर्ब तीन अर्ब रुपियाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब एक अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । जुन समीक्षा अवधिमा दुई अर्ब रुपियाँबराबरको आयात बढी हो । पाँच महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यासको आयात बढेको तथ्याङ्कले देखाएको छ ।
दुई होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरस्थित नगरकोट रिसोर्ट लिमिटेड प्राथमिक सेयर निष्कासनका लागि प्रक्रियामा गएका हुन् ।
बुढानीलकण्ठ नगरपालिका–३ स्थित ऐतिहासिक तथा पुरातात्त्विक बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको हो ।
नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तय भएको समानुपातिकतर्फका उम्मेदवारको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ ।
गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका –२ रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेतलाई सकारात्मक र स्वागतयोग्य भन्नुभएको छ ।
गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होछार पर्व युरोपेली मुलुक लक्जम्बर्गमा पनि सम्पन्न भएको छ ।
कानून व्यवसायीहरूले नेपाली काँग्रेसले विधानअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ ।
चितवनको सौरहामा क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार आयोजित १९औँ चितवन हात्ती महोत्सवमा हात्तीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सूचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको बताउँदै उहाँले संस्थापक अध्यक्षको इतिहास स्थापित गराउनमा आफूले पनि भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ ।
ललितपुर महानगरपालका वडा १६ कलाकार समितिले शनिबार राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् ।