लहान नगरपालिकाको सहरी क्षेत्रसँग नजिक रहेको पर्यटकीय स्थल देवीदह संरक्षणको अभावमा ओझेलमा पर्न थालेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन हुनुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ ।
दोलखामा तिब्बतसँगको सिमाना जोड्ने फलाकसम्म सडक ट्र्याक खोल्न लागिएको छ । बिगु गाउँपालिका र वडा नम्बर १ लामाबगरले २५ लाख रुपियाँको लागतमा ट्र्याक खोल्न लागिएको वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार डोजर लगाएर हाललाई कच्ची सडक निर्माण गर्न लागिएको हो । सडक बनेपछि लामाबगरबाट सिमानासम्म सिधै यातायात सञ्चालनमा आउने छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
स्वास्थ्य कार्यक्रमहरुको सूचकाङ्कमा बाँकेको डुडुवा गाउँपालिकाले जिल्लाकै पहिलो स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको पूजा गरेका हुन् ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले जिल्लाका दुई हजार १०१ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी गरेको छ ।
अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
जुम्लाका अटो व्यवसायीहरु आन्दोलित भएका छन् । जिल्लाभरी अटो सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
प्रहरीले चुरे भेगको दुर्गम क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फँडानी गरेको छ । बर्दिवास ५ को चुरे क्षेत्रको विकट वस्ति वरडाँडाका ४ विगाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार छनोट गर्दै छन् । यतिबेला सबै जसो दलका तल्ला कमिटीबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया चलिरहेको छ तर उम्मेदवार छनोटमा महिला उपेक्षामा परेको गुनासो भइरहेको छ । हालसम्म सिफारिस भएका उम्मेदवारको सूची हेर्दा महिलाको सङ्ख्या नगण्य रहेको एमालेकी केन्द्रीय सदस्य पद्मा खड्काले बताउनुभयो ।
मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फुको नाम्लाङखोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन । स्थानीय सरकारले सङ्घीय सरकारसँग तामाखानीको अन्वेषण तथा उत्खननका लागि पटक पटक माग गरिरहन्छ तर कुनै सुनुवाइ हुन सकेको छैन ।
पुस महिना सुरु भएसँगै बाजुरामा चिसो निकै बढेको छ । अहिले यहाँका विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भएको छ । चिसोले गर्दा भने परीक्षा प्रभावित भएको छ । कक्षा कोठामा परीक्षा दिन गाह्रो भएपछि यहाँका बालबालिका बाहिर घाममा बसेर परीक्षा दिने गरेका छन् । कक्षाकोठामा परीक्षा दिन समस्या भएपछि दोस्रो त्रैमासिक परीक्षा बाहिर घाममा बसेर दिने गरेको तोली देवलडाँडा माविका छात्र सङ्गीता साउदले बताउनुभयो ।