सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ३ सकरपुरामा सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन प्रवर्धनका लागि आवश्यक ऐननियम तथा कार्यविधि बनाउन आवश्यक रहेको बताउनुभएको छ । बडीमालिका र रामारोशन वनक्षेत्रलाई दिगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा धनगढीमा भएको छलफलमा उहाँले पर्यटन प्रवर्धन तथा संवर्धन र वनक्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको बताउनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित हुनुभएको छ । राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
जैविक गाउँको पहिचान बनाएको ताराखोला गाउँपालिका–३ को हिलस्थित पधेराखोला अस्तुरी कृषि समूहमा आबद्व किसानको बारीभरी किवी लटरम्म फलेका छन् ।
काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित भएका छन् ।
रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो ।
शीतलहर चलिरहेको बेला सप्तरीको महादेवा गाउँपालिकामा फाइबर सिरक वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित दुर्गापुरमा दलित, विपन्न, अपाङ्ग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई बुधबार एक कार्यक्रमकाबिच फाइबर सिरक वितरण गरिएको हो ।
सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ ।
निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो ।
गोरखा नगरपालिका–१२, दरौदी नदीको बगरमा विगत एक सातादेखि अवैध रूपमा ढुङ्गा उत्खनन भइरहेको पाइएको छ । दस किलोदेखि अबुँवा सडकखण्डमा पर्ने दरौदी नदी क्षेत्रमा अनुमति बिना ढुङ्गा निकालेर ओसारपोसार भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् ।
जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।
आगामी फागुक २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोट जिल्लाबाट नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।