सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८ र १० को बीचमा रहेको बाघमारा–सिस्नेरीमा विमानस्थल निर्माणको तयारी भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँले उक्त स्थानमा सिन्धुली कमलामाई विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने भएसँगै स्थानीय उत्साहित भएका हुन् ।
नक्कली नोट छाप्ने गरेको आरोपमा कैलाली प्रहरीले एक जना फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्लाको बडिमालिका नगरपालिका ६ र ४ को बीचमा पर्ने जडाङ्गा नदीमा छ वर्षपछि मात्र बल्ल पुल निर्माणको काम सम्पन्न भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली निर्माण भइरहेको जानकारी दिनुभएको छ ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार अपराह्न अघिल्लो वर्षको तुलनामा झन्डै सात अर्ब रुपियाँले ठूलो बजेट प्रस्तुत गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गर्नुभएको छ ।प्रदेश सभाको बुधबार भएको बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले चालूतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । यो कुल बजेटको ३१ दशमलव २६ प्रतिशत रहेको छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटभन्दा चार अर्बले कम छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गर्नुभएका बजेट वक्तव्यमा चालूतर्फ नौ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ (२८.११ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार (५९.५८ प्रतिशत)को बजेट उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट बुधबार प्रदेश सभामा प्रस्तुत गर्नुभयो । सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोड्ने तयारी गरिदैंछ ।
बाँदरबाट आतङ्कित बनेका दोलखाको भीमेश्वर नगरपालिका– ४ र ५ का किसानलाई निर्वाचनका बेला दिएको बाँदर धपाइदिने प्रतिबद्धता निर्वाचित भएपछि जनप्रतिनिधिलाई असहज बनेको छ । यी वडाका अधिकांश क्षेत्रमा स्था
बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९-०८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको हो ।
विहीबार (आज) मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ ।
सक्षम र निष्पक्ष प्रशासनयन्त्र राज्यको आधारशीला हो । प्रशासनयन्त्रलाई मुलुकको स्थायी सरकार पनि भनिन्छ । आवधिक निर्वाचनबाट आउने सरकार जनमतको प्रतिनिधित्व गरिरहेका हुन्छन् । जनमतमा फेरबदल आउँदा सरकारको नेतृत्वमा समेत स्वाभाविक फेरबदल आउँछ तर राज्यको प्रशासनिक संयन्त्र स्थिर सरकार हो ।
प्राकृतिक विपदको बारेमा संवेदनशीलता र कार्ययोजना नभएका देशहरू सम्भवत हुँदैनन् होला तैपनि प्राकृतिक विपत्ले बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । जोखिम तब बढ्छ जब राजनीतिक परिदृश्यमा विपत्को घटनालाई विभिन्न सरोकारवालाले आआफ्नो तरिकाले बुझ्ने र सम्झने प्रयास गर्छन् र तत्अ