काठमाडौं, असार २९ गते। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले बुधबार अर्थमन्त्रालयमा स्थलगत अवलोकन गरेको छ।समितिका सदस्य मन्त्रालयमा पुगेर स्थलगत अवलोकन गरेको समितिका सदस्य विमला विकले जानकारी दिनुभयो।“समितिका सबै सदस्य आज मन्त्रालयको पुगी वस्तुस्थिति हेरेर आयौँ”, उहाँले भन्नुभयो, “अवलोकनका क्रममा अर्थमन्त्रालयका सम्बन्धित कर्मचारीबाट जानकारी पनि लियौँ।”उहाँले निरीक्षणका क्रममा सिसीटिभी कहाँकहाँ तथा कुनकुन कार्यकक्षमा जडान गरिएका तथा सिसिटिभीको संरचना र नियन्त्रण कसरी गरिएको छ भन्ने सम्बन्धमा पनि जानकारी लिएको बताउनुभयो। समितिबाट कार्यविधिले तोकेको कागजात पनि मन्त्रालयसँग माग गरिएको उहाँले बताउनुभयो। बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिको पहिलो बैठक मंगलबार बसेको थियो। समितिलाई १० दिनको म्यद दिइएको छ। रासस
काठमाडौं, असार २९ गते। गृहमन्त्री बालकृष्ण खाणले गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर १ मा वर्षाका कारण पहिरोमा परेर विस्थापित भएकाको तत्काल उद्धार, राहतको व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ।गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो।पहिरोले स्थानीय वीरबहादुर गुरुङको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकोले गाउँनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिनुभयो। पहिरोबाट विस्थापितलाई उद्धार गर्न प्रहरी र सशस्त्रको टोली घटनास्थलमा पुगिसकेको जानकारी प्रजिअ आचार्यले दिनुभयो।पहिरोले ६ वटा घर पुरेको छ। मानवीय क्षति नभएको उहाँले बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध युगौँ पुरानो भएको चर्चा गर्दै नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशकी निशा चौधरीले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा सिनियर खेलाडीको राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ ।
काठमाडौं, असार २९ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो। उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो। नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ। रासस
तनहुँको भानु नगरपालिका–१ भन्सार आयोजित भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाईने निर्णय गरेको छ ।
काठमाडौं ब्याडमिन्टन एकेडेमीले गुरु पूर्णिमाको अवसरमा ब्याडमिन्टनका पुराना खेलाडी एवं प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।
काठमाडौं, असार २९ गते। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिनु भएको छ। नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफू मन्त्री भएकाले पदमा रहेसम्म जनताको हितमा काम गर्ने वचन दिनुभएको हो।उहाँले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ। मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनुभयो। जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाइ थियो।मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोधसमेत गर्नुभयो। अहिले रोजगारीका लागि थुपै समस्या भएको भन्दै उहाँले आफुले स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गरिरहेको जनाकारी गराउनुभयो।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपाललाई स्कटल्यान्डले जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको टिटवुड ग्लासगो मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२.५ ओभरका सवै विकेटको क्षतिमा एक सय ४४ रन बनायो ।
राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार यस्तो निर्णय गरेको हो।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबार विधेयक पेस गरेपछि प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ।
राष्ट्रिय महिला आयोगलाई अपाङ्गता भएका महिलामाथि हुने लैङ्गिक हिंसाको न्यूनीकरणका लागि ध्यानाकर्षणपत्र दिइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सबैले गर्व गर्नुपर्ने बताउनु भएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकमा पनि केन्द्रीय सदस्यहरुले सुझाव राख्नेक्रम जारी रहेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिनुहुँदै आजको बैठकमा थप ४० जना सदस्यले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो ।