• १३ साउन २०८१, आइतबार

तनहुँ ११ लाई भानु कप उपाधि

blog

वरिष्ठ नेता रामचन्द्र पौडेल विजेतालाई पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर : गोरखापत्र

अमरराज नहर्की 

तनहुँ, असार २९ गते । तनहुँको भानु नगरपालिका–१ भन्सार आयोजित भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । 

विजेता तनहुँ ११ र उपविजेता सिद्धगुफा युवा क्लबका खेलाडीहरुलाई क्रमशः २ लाख र १ लाख रुपियाँ तथा मेडल, ट्रर्फी र पायो । विजेतालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो । 

सोही अवसरमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको आत्मबल बढेर  राष्ट्रिय मात्रै नभई अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा प्रतियोगितामा आयोजना गरिएको हो । प्रतियोगितामा तनहुँ ११ का रणविर पौडेल उत्कृष्ट खेलाडी र सोही क्लबका दिपेश आलेमगर सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । 

प्रतियोगितामा सान्त्वना पुरस्कार स्वरुप मस्र्याङदी र सामना युवा क्लबलाई २०/२० हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरेको आयोजक क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ३१ वटा टिमको सहभागिता रहेको थियो ।