• ११ असोज २०८१, शुक्रबार

जुनियर प्रतियोगितामा निशाद्वारा सिनियरको कीर्तिमान भंग

blog

केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदकी कीर्तिमानधारी निशा चौधरी । तस्बिर : राखेप

काठमाडौं, असार २९ गते । लुम्बिनी प्रदेशकी निशा चौधरीले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा सिनियर खेलाडीको राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बुधबार छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । यसअघि निशाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाउनु भएको थियो । 

जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर मिटर थियो । निशाले मंगलबार १ सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरेको छ । यसअघि ५४.४० सेकेन्डको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा थियो ।

जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाउनुभयो । उहाँले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गर्नुभयो । यस स्पर्धामा दोस्रो हुनुभएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गर्नुभएको थियो । 

गण्डकी भलिबलको फाइनलमा 

राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत भलिबलको छात्रमा गण्डकीले कर्णालीलाई २५–१५, २५–१७ तथा लुम्बिनीले सुदूरपश्चिमलाई २५–१४, २५–१८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । छात्रामा लुम्बिनीले कर्णालीलाई २५–१०, २५–१३ तथा बागमतीले गण्डकीलाई २५–१४, २५–१३ को सीधा सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । 


यसैगरी करातेमा ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ बागमती टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शत प्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले ८ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोस्रो भयो । तेस्रो भएको गण्डकीले २ स्वर्ण, १ रजत र ४ कांस्य हासिल गरेको छ । 

कबड्डीको छात्रामा सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शत प्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले ८ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोस्रो भयो । तेस्रो हुने टिमको टुंगो बिहीबार लाग्नेछ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्दैमा भएको छात्रको प्रतिस्पर्धामा समान ६–६ अंक जोडेका सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुने भएको छ । छात्रमा पनि ५ टिम सहभागी छन् ।


यसैगरी तेक्वान्दोमा बागमती टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ बागमती समग्रमा टिम च्याम्पियन बनेको हो । दोस्रो भएको लुम्बिनीले १ स्वर्ण तथा ३–३ रजत र कांस्य जित्यो । तेस्रो भएको  सुदूरपश्चिमले १ स्वर्ण जितेको छ ।