हेटौँडा उपमहानगरपालिकाले मानव स्वास्थ्यसँग जोडिएको औषधि खरिदमा समेत लापरबाही गर्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा औषधि खरिदमा समेत लापरबाहीसँगै औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्च विवरणको अभिलेख नराख्ने गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा उपमहानगरपालिकाले खरिद गर्ने गरेको औषधिमा लापरबाही भएको उल्लेख छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही भएको सङ्केत गर्दै औषधिको गुणस्तरमा समेत आश्वस्त हुने अवस्था सिर्जना गर्न सुझाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयको साखलाई थप उच्च बनाउन तथा कसैले औँला ठड्याउन नसक्ने गरी काम गर्न मातहत निकायका प्रमुख र कर्मचारीलाई निर्देशन दिनुभएको छ।
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि रिले अनशनमा बसेका चुरे अभियानकर्ता तथा सुकुम्बासीले आइतबार सुतेर धर्ना दिएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालको आयोजनामा भइरहेको रिले अनशनमा बसेका चुरे संरक्षण अभियानकर्ता र सुकुम्बासीले माग पूरा गर्न दबाब दिँदै मुख्यमन्त्री कार्यालयअगाडि सुतेर धर्ना दिएका हुन्।
भारतीय राजदूतावासको सहयोगमा धनगढीमाई नगरपालिका–११, छपरारीमा निर्मित महेन्द्र गेनाई प्रसूति तथा बाल कल्याण अस्पताल सञ्चालनका लागि स्थानीयवासीले माग गरेका छन्। २०६० सालमा भारतीय राजदूतावासले दुई करोड २९ लाख ४४ हजार ७१४ रुपियाँ स्वीकृत गरेको थियो। २०६४ सालमा शिलान्यास गरी सो रकमबाट २०६८ सालमा अस्पताल निर्माण सम्पन्न भएको अस्पताल समितिका अध्यक्ष गङ्गाराम महतोले जानकारी दिनुभयो।
मोरङको कानेपोखरी गाउँपालिकाले वडा नम्बर २ को आदर्श टोलमा जनता आवास कार्यक्रम सञ्चालन गर्न खरिद गरेको जमिनमा गाउँपालिकाले छवटा घर निर्माण गरेको छ । स्थानीय अम्बरबहादुर थापासँग ५४ लाख रुपियाँमा खरिद गरिएको एक बिघा एक कट्ठा १२ धुर जमिनमा पहिलो चरणमा छवटा घर निर्माण गरिएको हो । २०७६ साल असार ३१ गते खरिद गरिएको सो जग्गामा ओजस कन्स्ट्रक्सन प्रालिले ३० लाख ६४ हजार ९०५ रुपियाँमा छवटा घर बनाइदिएको छ । सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत प्राप्त रकमलाई पालिकाले जनता आवास कार्यक्रममा लगाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । अधिकृत घिमिरेका अनुसार अति विपन्न परिवार छनोट गरी चाँडै घरमा सारिनेछ ।
इलामको सूर्योदय नगरपालिकाले आफ्ना दैनिक गतिविधिलाई डिजिटल माध्यममा लगेसँगै प्रविधिमा फड्को मारेको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको नगरले प्रविधिमैत्री नगरको अभियानलाई तीव्रता दिएको छ । नगरले पछिल्लो समय अनलाइन सेवा पोर्टलसमेत सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत कर तिर्न सकिने, सूची दर्ता गर्न सकिने, सबै प्रकारका सिफारिस, अन्य दर्ता गरी चार प्रकारका सेवा सञ्चालनमा ल्याएको छ । पेपरलेस (कागजरहित) अभियानमा लागेको नगरले अब कुनै पनि हस्तलिखित निवेदन नबुझ्ने जनाएको छ । नगरप्रमुख रणबहादुर राईले डिजिटल प्रविधि सुरु भएपछि सेवा लिने र दिने दुवैको समय बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका काम गर्न अब घण्टौँ धाउनु र लाममा बस्नु पर्दैन, घरमै बसेर गरे हुन्छ ।”
श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्ले नेतृत्वको अध्ययन कार्यदलले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधनबारे गरेको अध्ययनको प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभएको छ।
गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।
साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार खेपेको छ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११३औ बैठकले राखेपको आर्थिक वर्ष २०७९/०८० को बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा आइतबार बसेको राखेप बोर्ड बैठकले बार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले ‘डिजिटल साक्षरता’ले अबको मार्ग प्रशस्त गरेको र ‘उहिलेको पत्रकारिता’ले इतिहासलाई स्मरण गराएको बताउनु भएको छ।
१२ खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो ।
जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्नुभएको छ।