सानिमा बैङ्कले आफना ग्राहकलाई ‘नो डाटा, नो प्रब्लम’ योजनाअन्तर्गत मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैङ्कका ग्राहकले सानिमा मोबाइल बैङ्किङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैङ्किङ एप प्रयोगकर्ताले एपमा रहेका सबै सेवा जस्तै, फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असीमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउने बैङ्कले जनाएको छ । योजना सोमबारदेखि लागू हुने बैङ्कले जनाएको छ ।
प्राइम कमर्सियल बैङ्क लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ । गाउँपालिकाभित्र बाँझो जग्गा नराख्ने नीति लिएपछि उक्त बाँझो जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो । त्यसबेलादेखि बाँझो जग्गामा फलफूल र अन्नबाली लगाउँदै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
पूर्वी नेपालमा १० दिनयता नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको बिक्री झन्डै आधाले घटेको छ । विगतको तुलनामा आधा मात्र इन्धन बिक्री भए पनि बजारमा समस्या देखिएको निगमले जनाएको छ । दैनिक एक हजार किलोलिटर (१० लाख लिटर) डिजल माग हुने गरेकामा अहिले आधा मात्रै भइरहेको नेपाल आयल निगम, प्रादेशिक कार्यालय विराटनगरले जानकारी दिएको छ ।
एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटेर आएको हो । जुलाई १६ र अगस्ट १ को मूल्यसूची घटेर आउँदा प्रतिलिटर पेट्रोलमा ३२ रुपियाँ ५७ पैसा र डिजेलमा २५ रुपियाँ ७४ पैसा घटेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–११ को बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बीचमा पर्ने कञ्चन नदीमा पुल बन्ने भएको छ। सो पुलको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो। पुल निर्माण भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रबीच भावनात्मक सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ।
रुकुमपूर्वमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा यस सङ्ग्रहालयको भवन निर्माण गरिएको हो । यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ । मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, वेशभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिका–२ को लुमा र हुनीका दलित बस्तीमा वर्षौंदेखि खानेपानीको समस्या भए पनि राज्यका कुनै निकायको ध्यान पुग्न सकेको छैन । जगनथा गाउँपालिका–२ को लुमा, हुनी, माथिल्लो हुनी, बसेना, तल्लो आसवाडा लगायतका टोलमा ३६० भन्दा बढी दलित परिवार बसोवास गर्दै आएका छन् । जगानाथ गाउँपालिका–२ हुनीकी बुङ्गची लुहारले बस्तीमा रहेका दुई चार धाराले ठूलो गाउँमा पानी नपुग्ने गरेको बताउनुभयो ।
कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए । घर माथिबाट आएको पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । यो पहिरोको कारण थियो, जथाभावी खनिएको सडक ।
म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
नेपाल सरकारले आर्थिक वर्ष २०६५/०६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने योजनासहित अभियान सुरु गरेको भए पनि कर्णाली प्रदेशमा ३८ प्रतिशत जनसङ्ख्या साधारण लेखपढ गर्नसमेत जाँदैनन् । कर्णालीमा कुल जनसङ्ख्याको ६२ प्रतिशत मात्रै साक्षर छन् । जसअनुसार कर्णालीमा अझै चार लाख बढी जनसङ्ख्या निरक्षर छन् । कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा पूर्ण साक्षर हुुन बाँकी छन् । प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३० भन्दा बढी साक्षर घोषणा हुनसकेका छैनन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएमा पूर्णसाक्षर जिल्ला घोषणा गर्ने गरिएको छ ।
हिल्सा जोड्ने कर्णाली कोरिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सो सडक सञ्चालनको प्रयास थालेको छ । सो कोरिडोरका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । अहिले स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । पचालझरना गाउँपालिका–८, लाफा खण्डमा अघिल्लो आइतबार पहिरो आएको थियो । ठाउँठाउँको हिलाम्मे सडक पार गरे पनि सयौँ यातायातका साधान लाफा पहिरोमा थुनिएका थिए । कोरिडोर बन्द भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाउँपालिकाले पहिरो पन्छाउन थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि, वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ। कृषि, वन र पशुपन्छीको विषयमा अध्ययन, अध्यापन, अनुसन्धान र विस्तारको अधिकार पाएको चितवनको रामपुरमा केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयको आगामी १० वर्षे रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। नेपाल सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री पौडेलले उक्त विश्वविद्यालयको पठनपाठन र अनुसन्धान उच्चस्तरको बनाउने र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो। उक्त विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्र नभएर विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्नुपर्ने बनाउन उहाँको आग्रह थियो।
कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार प्रयोगविहीन बनेको छ। समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा जुनार भण्डारणलाई लक्षित गरी बनाइएको थियो। जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र जुनार उत्पादक किसानबाट जुटाइएको हो। ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सुरुका दुई वर्ष प्रयोगमा आए पनि त्यसपछि प्रयोगमा नआएको उहाँले बताउनुभयो।
बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ। त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई हुनुहुन्छ। उहाँको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उहाँ बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गर्दै हुनुहुन्छ।