नेपाल सरकारले अमेरिकासँग गर्ने भनिएकोे स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रक्रिया अघि नबढाउने निर्णय सोमबार ग-यो । सो कार्यक्रममा सहभागिताका लागि नेपाली सेनाबाट पत्राचार भएको तथ्य सार्वजनिक भएपछिको विवादित अवस्थामा सरकारले सो निर्णय गरेको हो । यही निर्णयसँगै सरकारले अबदेखि सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय पनि ग-यो ।
मनसुन देशभर फैलिई नसक्दै जनधनको क्षति सुरु भएको छ । गत जेठ २२ गते नेपालमा मनसुन भित्रिएयता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाले ज्यान गुमाइसकेका छन् । पहिरोमा परेर नौ जना र बाढीले अन्य तीन जना घाइते भएका छन् । पहिरोले ४६ घरपरिवार प्रभावित भएका छन् । बाढीले १० र भारी वर्षाले १४ घरपरिवार प्रभावित बनेका छन् । त्यस्तै मनसुनी चट्याङ र सर्पदंशबाट पनि मृत्युका घटना बढ्दै छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता सर्पदंशबाट तीन जनाको मृत्यु भएको छ । पूर्वमनसुन र मनसुनको एकीकृत तथ्याङ्क अनुसार चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ ।
राहदानी विभागमा बिचौलियाको हैकम अझै कम हुन सकेको छैन । विभागमा राहदानी लिनेको भीडको लाभ उठाउँदै बिचौलियाको लर्को लाग्ने गरेको छ । राहदानी छिटो दिलाइदिने बहानामा सेवाग्राहीसँग अनावश्यक रकम असुली गर्दै बिचौलियाले आर्थिक लाभ लिने गरेको विभागले स्वीकार गरेको छ ।
२०६२/६३ को जनआन्दोलन समग्र राज्य पुनर्संरचनाका लागि भएको आन्दोलन मात्र थिएन, नेपालमा महिलाको हैसियत उकास्ने एउटा महत्त्वपूर्ण कोसेढुङ्गा पनि थियो । गणतन्त्र प्राप्तिअघि घर र चुलो–चौकोबाहिर महिलाको प्रतिनिधित्व औँलामा गन्न सकिने मात्र थियो ।
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।
नेपाल–भारतबीच दुई देशको सम्बन्धलाई अझ घनिष्ठ र फलदायी बनाउन बृहत् साझेदारी र सहकार्यसाथ अघि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबीच भएको द्विपक्षीय भेटवार्तामा दुई देशका सरकार प्रमुखले विकास साझेदारीको नयाँ आयाम थपेर अघि बढ्ने सहमति गर्नुभएको हो । दुई देशबीचको सम्बन्ध अकाट्य रहेको स्मरण गर्दै नेपालको औपचारिक भ्रमणमा सोमबार लुम्बिनी आउनुभएका भारतका प्रधानमन्त्री मोदीले द्विपक्षीय वार्ता फलदायी भएको स्मरण गर्नुभयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणका समयमा सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा यही जेठ २ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा हुने भव्य समारोहमा सरिक हुन भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । यो भ्रमणलाई महìवका साथ हेरिएको छ ।
वृद्धावस्थामा कक्रिएको ज्यान र बिरामीका कारण विस्तरामै रहनुभएका ज्येष्ठ नागरिकलाई पनि स्थानीय तहको निर्वाचनले ऊर्जा प्रदान ग¥यो । १८ वर्षभन्दा माथिकाले मतदानको अधिकार पाएकोमा उहाँहरू त्यसमा दाबेदार त हुनुहुन्थ्यो नै उहाँहरूको लोकतन्त्रको अभ्यास गर्ने इच्छाशक्तिले उहाँहरूलाई बिस्तराबाट मतदान केन्द्रसम्म पु¥यायो । उहाँहरूमध्ये कतिपय सय वर्ष नाघेका हुनुहुन्थ्यो