“चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रमलाई भारतको पश्चिम चम्पारणस्थित बिहार सरकारले आफ्नो प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मानेको छ । बिहारभरिका सबै विद्यालयलाई अनुदान दिएर विद्यार्थीलाई अनिवार्य वाल्मीकि आश्रमको अवलोकन भ्रमणका लागि पठाउँछ । भैँसालोटनलाई वाल्मीकि नगर बनाएर प्रचार गरिरहेको छ । विगतमा त्रिवेणी भनेर नेपाली भूमि कहलिन्थ्यो, आज बिस्तारै यहाँको सौन्दर्य भारततिर उन्मुख भइरहेको छ,” त्रिवेणीस्थित गजेन्द्र मोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका यी कुराले भारतले वाल्मीकि आश्रमलाई कति महìव दिएको छ भन्ने छर्लङ्ङ हुन्छ ।
के तपाईंको छोराछोरीले घरमा कसैको कुरा नसुन्ने, नगर भनेको काम गरिहाल्ने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, मोबाइल धेरै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गरेको देख्नुभएको छ ? छ भने आजैदेखि ख्याल गर्नुहोस्, यो मोबाइलको लत हुन सक्छ र त्यो लत छुटाउन सुधार केन्द्रमा पठाउनुपर्ने पनि हुन सक्छ ।
मुलुक सङ्घीय संरचनामा गएपछि नवलपरासी जिल्लालाई टुक्र्यााएर सतहत्तरौँ जिल्लाका रूपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बनाइयो । १० वर्षसम्म पनि संविधान संशोधन गर्न नसक्दा बोलीचालीमा नवलपुर भनिए पनि सरकारी कामकाजमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) लेख्नुपर्ने निकै झन्झटिलो प्रक्रिया हटेको छैन । त्यसैले नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्लाको नामकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
२०७८ सालको वैशाखमा नवलपरासीको रामग्राम नगरपालिका–४, जितपुरमा ७० वटा गिद्ध मरे । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिएन) ले अति सङ्कटापन्न सूचीमा राखेका दुई प्रजाति सानो खैरो र डगर गिद्धसहित चार प्रजातिका गिद्ध कुकुरको सिनो खाएर मरेका थिए ।
आठ किलोमिटर बाटो नछिचोलिँदा नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का बासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशिक अस्पताल जान ६० किलोमिटेर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गत त्रिवेणी–दुम्कीबास सडकको आठ किमिखण्ड बन्ने हो भने ६० किमिको यात्रा २० किमिमा छोटिन्छ ।
‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युब च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरि अपलोड गरेको त्यही गीत चार करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युब च्यानलबाट ४७ लाख, प्रशन्न बिसी नामको च्यानलबाट अपलोड भएको त्यही गीत २२ लाख पटक हेरिएको छ ।
तनहुँको भिमादमा जन्मेर चितवनको राप्ती नगरपालिका–८ मा स्थायी बसोबास भएका मनोजकुमार विकको जीवनकहानी सुन्दा आङ सिरिङ्ङ हुन्छ । समाजमा व्याप्त जातीय विभेद, वर्गीय असमानता र कुरीतिविरुद्ध परिवर्तन ल्याउन भन्दै उहाँ २०५८ सालमा १० कक्षा पढ्दै गर्दा माओवादी युद्धमा होमिनुभयो ।
भैरहवाबाट भरतपुर बिरामी लिएर जाँदै गरेको ग. २ च ३३८ नम्बरको एम्बुलेन्सका चालक कृष्णप्रसाद तिवारी शुक्रबार बिहान ८ बजे बर्दघाटको उकालो उक्लँदै हुनुहुन्थ्यो । दाउन्नेका जाम छिचोल्दै दुम्कीबास आइपुग्न उहाँलाई झन्डै नौ घण्टा लाग्यो ।
नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणको काम धमाधम चलिरहेको छ तर नक्साबिना नै ती भवन निर्माण भइरहेका छन् । १८६ बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा नौ वटा कार्यालय भवन तथा सभा हल, गेट, पर्खाल, केरुङ्गेखोलामा तटबन्ध र सडक कालोपत्रेलगायतका काम भइरहेका छन् ।
नवलपुरको कावासोतीबाट उडेको सानो खैरो गिद्ध करिब छ सय किलोमिटर दुरी तय गरेर भारतको उत्तरप्रदेश हुँदै कैलालीको लम्कीचुहा पुगेको छ । ट्र्याक रेकर्डका आधारमा गिद्धले करिब छ सय किलोमिटर दुरी तय गर्दै लम्कीचुहा पुगेको नेपाल पन्छी संरक्षण सङ्घका फिल्ड अफिसर ईश्वरी चौधरीले जानकारी दिनुभयो ।
रुख कटानका लागि सरकारले अनुमति दिएपछि नवलपुरको झ्यालबास–डन्डा, डन्डा–कोल्हुवा, कोल्हुवा–चोरमारा, चोरमारा–झ्यालबासको आलोक चक्रपथ निर्माणको काम अघि बढ्ने भएको छ ।
“म स्कुलबाट घर जानेबित्तिकै ‘ड्रेस’ नखोली, हातमुख पनि नधोई पाएसम्म मोबाइल हेर्थें, नभए टिभी हेर्न थाल्थेँ तर अहिले घर जानेबित्तिकै लुगा फेर्छु, हातमुख धुन्छु । ममीले जे खाजा तयार गरिदिनुभएको छ, त्यो खान्छु ।
नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी साधन ६ दिनदेखि सडकमै रोकिएका हुन् ।
नारायणघाट–बुटवल सडकको दाउन्नेखण्डले निकै दुःख दिन थालेपछि तत्कालका लागि गिट्टी, बालुवा हालेर यात्रा सहज बनाउने प्रयास गरिएको छ ।
नवलपुरको कावासोती नगरपालिका–३ मा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयका विद्यार्थी असारको उखरमाउलो गर्मीमा पनि जीर्ण भवनमा जस्ताको छानामुनि बसेर पठनपाठन गर्न बाध्य छन् ।