• १४ वैशाख २०८१, शुक्रबार

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि

blog

काठमाडौं, माघ १ गते । आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि हेल्प नेपालले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनल खेलमा हेल्प नेपालले  त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । 

हेल्प नेपालले २५–२१, २६–२४, २५–२३ को जित निकालेको थियो । उपाधिसँगै हेल्प नेपालले चार लाख रुपियाँ पायो । उपविजेता आर्मीले दुई लाख रुपियाँ प्राप्त गरेको छ । एपीएफ क्लब तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराएको हो । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ आठ टोलीको सहभागिता रहेको थियो ।