• १४ वैशाख २०८१, शुक्रबार

‘मेरो प्यारो डडेलधुरा’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । गायक भोजराज भट्टको ‘मेरो प्यारो डडेलधुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  डडेलधुराका रमणीय ठाउँ व्याख्या गर्दै मायालुलाई त्यहाँको पर्यटकीय स्थलमा घुम्न जाने प्रस्ताव राखेको कुरा गीतमा समावेश गरिएको छ । विशेष गरेर डडेलधुराका केटाले बैतडीकी केटीलाई आफ्नो जिल्लाको सौन्दर्यमा रमाउन गरेको आग्रह भिडियोमा देखाइएको छ ।    

गीतमा गायक भट्ट र दीपा रोकायाले सङ्गीत भर्नुभएको छ भने रचना भानुभक्त जोशीले गर्नुभएको हो । गीतमा गायक भट्ट र लक्ष्मी आचार्यको अभिनय रहेको छ । गीतको सङ्गीत संयोजन भुवन बडूले गर्नुभएको हो भने मिक्सिङमा मनोज डङ्गोल रहनुभएको छ । गीतको दृश्य सम्पादन अमन बडूले गर्नुभएको हो ।