• २३ असार २०८१, आइतबार

हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, पुस २३ गते । हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज भएको छ । गत वर्षको तुलनामा यस वर्ष चाँडै हिउँ नपर्दा बुङ्गा आलु खेती गर्ने किसानलाई सहज भएको हो ।

ओखलढुङ्गा जिल्लाको माथिल्लो क्षेत्र जन्तरखानी ठाडे, धाप र सोलुखुम्बुको पत्ताले क्षेत्रमा बुङ् आलुखेती गरिन्छ । यो मौसम तयार पारिएको बुङमा आलु रोप्ने समय हो ।

यस वर्ष चाँडै हिउँ नपर्दा आलु रोप्न सहज भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेकी रेनुका मगरले बताउनुभयो ।

विशेष तरिकाले बारीमा बुङ तयार पारी आलु उत्पादन गरिने भएकाले अरूभन्दा बुङको आलु महँगोमा विक्री हुनुका साथै स्वादिष्ट हुने मगरको भनाइ छ ।


गत विगतका वर्षमा यो समयमा बारी पूरै हिउँले ढाक्दा आलु रोप्न समस्या हुने गरेको मगरले बताउनुभयो । जिल्लाको माथिल्लो भेगमा हिउँ नपरे पनि चिसो अत्यधिक बढेको छ ।

चिसोका कारण सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेमा रहेको ग्रेस एकेडेमीले दुई महिनासम्मका लागि पठनपाठन बन्द गरेको अध्यक्ष हरिकुमार मगरले बताउनुभयो ।