• १९ जेठ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

blog

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेता। तस्बिर : सागर बस्नेत

काठमाडौं, पुस ३ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुर सानेपामा सुरु भएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो। निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो। 

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पदाधिकारी र कार्यसमिति सदस्य उपस्थित हुनुहुन्छ।