• १२ साउन २०८१, शनिबार

‘चरिमाई’ कृतिमाथि विमर्श

blog

विकर्श कार्यक्रममा सहभागी साहित्यकार ।

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ १९ गते । लेखक अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा वालिङ –६ मिर्दीमा ‘चरिमाईको विमर्श गरिएको हो ।

परिचर्चा कार्यक्रममा समीक्षक शम्भु अर्याल र अनन्त अर्यालले पुस्तकको समीक्षात्मक टिप्पणी राख्नुभयो । पुस्तकमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई लेखकले चर्चा गर्नुभएको छ ।  

नेपाली समाजका कथालाई चरिमाई उपन्यासमा जोड्ने कोसिस गरेको लेखक पौडेलले बताउनुभयो । पौडेलले हाम्रो समाजमा अझैसम्म व्याप्त रहेका आम विषयवस्तु र नुवाकोट तथा रसुवा बसाइँका क्रममा त्यहाँ देखेको कुरालाई उपन्यासको कथा बनाएको बताउनुभयो । कार्यक्रममा कवि मिलन समीरले सहजीकरण गर्नु भएको थियो । 

यस्तै, दोस्रो चरणमा साहित्यकार लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पङ्गेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले रचना वाचन गर्नुभएको थियो ।