• २४ असार २०८१, सोमबार

नवलपरासीमा कम्युनिष्ट शून्य, राप्रपा, स्वतन्त्रले एक एक र अन्यमा कांग्रेस विजयी

blog

गोपी ज्ञवाली

नवलपरासी, मङ्सिर १० गते । पश्चिम नवलपरासीको परिणामअनुसार जिल्लामा कम्युनिष्ट पार्टीहरूको उपस्थिति शून्य भएको छ । पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनुभएको छ । 

प्रदेश सभा सदस्यका चार वटा निर्वाचन क्षेत्रहरू मध्ये २ (क) मा स्वतन्त्र उम्मेदवारको रूपमा खड्ग बस्नेतले विजय प्राप्त गर्नुभयो भने अन्य तीन वटा प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवारहरू निर्वाचित हुनुभयो ।  

क्षेत्र १ अन्तर्गतका क र ख दुवै प्रदेश सभामा कांग्रेस उम्मेदवार क्रमशः विश्व पाठक, देवकरण कलवार (सन्तु) निर्वाचित हुनुभयो भने प्रदेश सभा २ (ख) मा कांग्रेस उम्मेदवार बैजनाथ कलवार विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताउनुभएको छ ।

पूर्वपश्चिम लोकमार्गमा रहेका सुनवल र बर्दघाट नगरपालिकामा नेकपा (एमाले)को सङ्गठन बलियो रहेको मानिए पनि संयुक्त गठबन्धनको तर्पmबाट उठेका उम्मेदवारका कारणले नेकपा एमालेका उम्मेदवारले दुवै स्थानमा पराजित भएका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चिनक कुर्मी उठेको प्रदेश सभा २ (क) मा सो पार्टी परित्याग गरी स्वतन्त्र बनेका खड्ग बस्नेत स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएपछि जिल्लामा कम्युनिष्ट पार्टीको उपस्थिति शून्य छ ।