• ३० वैशाख २०८२, मङ्गलबार

एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

blog

काठमाडौँ, फागुन २२ गते । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरूलाई आज उक्त जिम्मेवारी दिनुभएको हो ।

यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य हुनुभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाउनुभएको हो । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुनुहुन्छ । रासस