• १५ वैशाख २०८१, शनिबार

विद्यालयको दिवा खाजामा स्थानीय परिकार

blog

मान्म (कालीकोट), फागुन २२ गते । सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् । 

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक-फरक परिकारको तालिका बना  कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताउनुभयो । 

“विद्यार्थीलाई स्थानीय मौलिक परिवार खिर, लिटो, फलफूल, दातभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।” दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ । रासस