• १२ साउन २०८१, शनिबार

सहकारी केन्द्र ताप्लेजुङको अध्यक्षमा गङ्गाराम शङ्खर चयन

blog

सहकारी केन्द्र नेपालको प्रथम जिल्ला भेलाका अतिथिहरु । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २० गते । सहकारी केन्द्र नेपाल ताप्लेजुङको अध्यक्षमा गङ्गाराम शङ्खर चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सहकारीको प्रथम जिल्ला भेलामार्फत अध्यक्षमा शङ्खर सर्वसम्मत चयन हुनुभएको हो ।

सहकारी केन्द्रको १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा कल्पना लिम्बू, सचिव तेजबहादुर भट्टराई, सहसचिव तिलप्रसाद लिम्बू र कोषाध्यक्षमा प्रकाश पौडेल चयन हुनुभएको छ । जिल्ला भेला नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ को प्रमुख आतिथ्य तथा सहकारी केन्द्र नेपालका कोशी प्रदेश समिति अध्यक्ष ताराप्रसाद भट्टराई र केन्द्रीय सदस्य श्रीकुमार माबोको उपस्थितिमा सम्पन्न भएको थियो ।

यता नवगठित कार्यसमितिले सहकारीको क्षेत्रमा काम गर्ने बताइएको छ । सहकारी केन्द्र नेपाल माओवादी केन्द्रको जनवर्गीय सङ्गठन भएको माओवादीको जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो ।