• १३ असोज २०८१, आइतबार

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

blog

धनुषा,  फागुन १४ गते ।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो  प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका  आठ टिमका एक सय ४४  खेलाडीको सहभागिता रहने छ ।  एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुनेछ ।  खेलकुदमार्फत देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाउनका प्रतियोगिता आयोजना हुन लागेको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. एक लाख ५० हजार र ट्रफी, द्वितीय हुनेलाई ट्रफीसहित रु. एक लाख र तृतीय हुने टिमलाई ट्रफीसहित रु. ५० हजार नगद प्रदान गरिनेछ ।  त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु. १० हजार र  प्रतियोगितामा रु. ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाइएको छ । रासस