• १३ असोज २०८१, आइतबार

सम्बन्ध बिच्छेदका घटना बढ्दै

blog

अर्जुन काफ्ले 

स्याङ्जा, माघ २४ गते । स्याङ्जा जिल्ला अदालत स्याङ्जामा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् । 

अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जिल्ला अदालतमा अर्थिक बर्षमा दर्ता भएका मुद्दामा सम्बन्ध बिच्छेदका मुद्दा ४७ दशमलब ५४ प्रतिशत रहेको बताउनुभयो । 

यहाँ पुरुषले २० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेकोमा अन्य मुद्दा भने महिलाले दर्ता गरेका हुन् । अदालतबाट १५३ मुद्दा फर्छ्यौट भएकोमा ६९ बाँकी रहेको र पुरुषले दर्ता गरेका १९ वटा मुद्दा बाँकी रहेका छन् । 

सम्बन्ध बिच्छेद बैदेशीक रोजगार र प्रबिधिको नकारात्मक प्रभावले बढी रहेको शर्माको भनाइ छ । सामाजिक सञ्जालको गलत प्रयोग, मादक पदार्थको सेवन, शैक्षिक तथा आर्थिक स्तर, सन्तान नहुने अन्य कारण रहेका छन् । 

५२ प्रतिशत मुद्दा फर्छ्यौट

जिल्ला अदालत स्याङ्जाले लगत आएका र छ महिनामा दर्ता भएका मुद्दामा ५१ दशमलब ७२ प्रतिशत मुद्दा फरछ्र्यौट गरेको जनाएको छ । अदालतले ४०३ लगत आएका र दर्ता भएका ४६७ गरी कुल ८७० मुद्दामा ४५० मुद्दा फरछ्र्यौट भएको र ४२० मुद्दा बाँकी रहेको शर्माले बताउनुभयो । अदालतले एक हजार २८२ बर्षिक अनुमान गरेकोमा ८७१ मुद्दा फरछ्र्यौट गर्ने अनुमान गरेको छ ।