• १३ असोज २०८१, आइतबार

दुई छुट्टाछुट्टै प्रतियोगिताका लागि क्रिकेट टोलीको घोषणा

blog

काठमाडौँ, माघ २२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुई दुई छुट्टाछुट्टै प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । क्यानले आइतबार अबेर काठमाडौँमा हुनलागेको क्यानडासँगको सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपालले घरेलु मैदान त्रिविमा यही फेब्रुअरी ८ देखि १२ तारिखसम्म क्यानडासँग सिरिज खेल्दैछ । यस्तै नेपालले आइसिसी लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँगको खेल फेब्रुअरी १५ देखि २४ तारिखसम्म खेल्नेछ । क्यानले घोषणा गरेको राष्ट्रिय टोलीमा क्यानडासिवरुद्धको सिरिजमा पहिलो पटक हेमन्त धामी, आकाश चन्द र रिजन ढकालले मौका पाउनुभएको छ । 

क्यानडासँग खेल्ने टोली 

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह । 

आइसिसी लिग–२ टोली 

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल,  दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख,पवन सराफ, भीम सार्की, अर्जुन साउद, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।