• १० मंसिर २०८१, सोमबार

भूकम्प दिवसको सन्देश

blog

प्राकृतिक विपत्ति भन्ने कुरा यति नै बेला आउँछ भन्न सकिँदैन । न त टारौँ भनेर टार्न सकिन्छ, न त रोक्न भनेरै नै रोक्न । यस्ता विपत्तिले पु¥याउने क्षतिको मात्रा भने मानव निर्मित भौतिक संरचनामा निर्भर रहन्छ । संरचना जति सुरक्षित बनाउन सकियो, त्यति नै क्षति कम हुने यथार्थ विदित हुँदाहुँदै पनि हरेक प्राकृतिक विपत्तिमा जनधनको ठुलो क्षति बेहोर्नु परिरहेको अवस्था छ । बाढीपहिरो जस्ता विपत्ति सानो स्थानविशेषमा आउने हुँदा उद्धार तथा राहत र पुनर्निर्माणमा जुट्न सहज हुन्छ तर भूकम्प जस्तो विकाशकारी विपत्ति बेहोर्नु पर्दाको स्थिति निकै गम्भीर हुने गरेको छ । 

पटक पटक गएका भूकम्पका कारण मुलुकले ठुलो मात्रामा जनधनको क्षति बेहोर्नु परिरहेको छ । नेपाल भूकम्पको जोखिममा पर्ने विश्वका मुलुकमध्ये ११ औँ स्थानमा रहेको भूगर्भविद्हरूले भन्ने गरेको तथ्यलाई पटक पटक गएका भूकम्पले पुष्टि गरिरहेको छ । भूकम्पबाट हुने क्षति न्यूनीकरणमा सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । २०७२ सालमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण करिब नौ हजार जनाको ज्यान गएको दःुखद यथार्थ छ । भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माण कार्य नसकिँदै पुनः कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट, रुकुमपश्चिम, बाजुरा र अन्य केही जिल्लामा जनधनको ठुलो क्षति हुन गयो । घरबारविहीन बनेका मध्ये अधिकांशले यस पटकको जाडो प्लास्टिकका पाल र त्रिपालमै बसेर खपिरहेका छन् । 

सरकारले जाडोअघि नै पीडितलाई अस्थायी निवासमा सुरक्षित बसोबास गराइसक्ने भने पनि कार्यव्यवहारमा अल्मल भयो । त्यहाँका भूकम्पपीडित जीवनको लयमा फर्किन सकिरहेका छैनन् । अझै पनि पश्चिम नेपाल केन्द्रबिन्दु भएर कुनै पनि बेला ठुलो भूकम्प जान सक्ने भन्ने भूगर्भविद्हरूको भनाइले थप झस्काइरहेको छ । त्यसो त भूकम्प जानकारी दिएर अथवा विज्ञले भनेको समयमा आउने होइन । प्राकृतिक विपत्ति जतिबेला पनि आउन सक्ने भएकोले अनुमान गरिए अनुसारको विनाशकारी भूकम्प गएको खण्डमा कसरी जोगिने र कसरी भौतिक क्षतिको न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ योजनाबद्ध कार्यदिशा अवलम्बन गर्न सम्बन्धित निकायको ध्यान पुग्न नसकेको भूकम्पविद्हरूको सुझावलाई सम्बद्ध सबैले गम्भीर रूपमा मनन गर्नुपर्ने हुन्छ ।

माघ २ गते ‘राष्ट्रिय भूकम्प दिवस’ सरकारीस्तरबाटै मनाइयो । संवत् १९९० माघ २ गते गएको ८.४ रेक्टर स्केलको महाभूकम्पको स्मरण गर्दै २०५४ देखि भूकम्प दिवस मनाइँदै आएको हो । यस दिन विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले पनि महìव दिएर कार्यव्रmम गर्दै आएका छन् । दिवसका अवसरमा पूर्वसावधानी एवं क्षति न्यूनीकरणका सम्बन्धमा जनतालाई सुसूचित गराउने सामान्य काम हुन्छ तर भोलिपल्टदेखि कुनै किसिमको न त सचेतना कार्यव्रmम गरिन्छन्, न त जागरण अभियान नै । प्रत्येक ६०÷७० वर्षको अवधिमा नेपालमा ठुला तथा विकाशकारी भूकम्प गइरहेको तथ्य इतिहासले उजागर गरिरहेको तर्फ बेखबर रहनु निश्चय पनि कमजोरी हो । १२१८ सालमा गएको ७.७ रेक्टर स्केलको भूकम्पमा परेर तत्कालीन राजा अभय मल्लको ज्यान जानुका साथै काठमाडौँ उपत्यकालाई तहसनहस पारेको इतिहासमा उल्लेख छ ।

 इतिहासमा अनेक भूकम्प गए । हेर्ने हो भने १८९० भदौ १२ गते, १९९० माघ २ गते, २०४५ भदौ ५ गते र २०७२ वैशाख १२ गतेका भूकम्पबाट भएको जनधनको क्षति अपूरणीय छ । अहिलेको जस्तो सञ्चार तथा यातायातको विकास नभएको अवस्थामा १९९० सालमा गएको महाभूकम्पमा परेर ज्यान गुमाएकाहरूको सम्झनामा भूगोलपार्क निर्माण गरेर ‘स्मृति स्तम्भ’ नै खडा गरिएको थियो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले कुनै किसिमको विदेशी सहयोग नलिई नै गरेको उद्धार तथा पुनर्निर्माणको प्रशंसा इतिहासका पानामा लिपिबद्ध हुनुले ऊबेलाको सरकारी सव्रिmयतालाई उजागर गर्दछ । महाभूकम्प भोगेको पुस्ताका कतिपय जीवित साक्षी अझै छँदै छन् । 

इतिहासबाट पाठ सिकेर वर्तमानका भौतिक संरचना निर्माणमा सजगता अपनाउनेतर्फ भने कत्ति पनि राष्ट्रको ध्यान जान नसक्नु विडम्बनापूर्ण भएको भूकम्पविद्हरूको ठहरलाई नकार्न सकिने अवस्था छैन । भूकम्प दिवस मनाउनु भनेको सरकारीस्तरबाट सतर्क र सजगता अपनाउनुका साथै जनस्तरमा सचेतना जागृत गराउनुसमेत हो । नीति निर्माण तहमा भएका कामको जानकारी जनस्तरमा गराउनु पनि हो । भूगोल, भौतिक पूर्वाधारका संरचना एवं नागरिक सचेतनाका विषयमा हामी कमजोर अवस्थामा भएकाले विपत् सचेतना, बलियो संरचनाका तर्फ भूकम्प दिवस प्रभावी हुनुपर्ने छ ।