• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र सुदूरपश्चिम विजयी

blog

तक प्रहार गरेपछि आर्मीका कप्तान विनोद भण्डारी । तस्बिर : क्यान

काठमाडौँ, माघ १ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा आर्मीले एक सय २६ रनले हरायो । यस्तै भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हराएको छ । 

आर्मीले प्रस्तुत गरेको तीन सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको मधेश ४८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रनमा समेटिएको थियो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाउनुभयो । मायन यादवले ३४, राजेश यादवले अविजित ३२, रुपेश सिंहले १८, विशाल पटेलले १८ र अनिल लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा  तीन सय २० रनको विशाल योगफल तयार पारेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सतकीय इनिङ्स खेल्नुभयो । उहाँले ९३ बलमा नौ चौका र दुई छक्काको मद्दतमा एक सय १३ रन बनाउनुभयो ।

सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले ३७÷३७, इम्रान शेखले २६ र बसिर अहमदले १६ रन बनाउनुभयो ।  बलिङमा मधेशका रन्जित कुमारले पाँच विकेट लिनुभयो। विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले एक एक विकेट लिनुभयो । 

यस्तै भैरहवामा लुम्बिनीले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको छ । सुदूरपश्चिमका लागि शेर मल्लले ४२ रन बनाउनुभयो । नाराण जोशीले अविजित २८, खडक बोहराले २१, टेक रावतले १८, किरण ठगुन्नाले १६ र नरेन भट्टले १२ रन जोड्नुभयो । 

बलिङमा लुम्बिनीका लागि अभिषेक गुरुङले तीन विकेट लिनुभयो । कृष्ण कार्की र अजय चौहानले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । 

लुम्बिनीका लागि प्रज्ज्वल थापाले सर्वाधिक ४२ रन बनाउनुभयो । मोहम्मद हुसेनले २६, विराट भण्डारीले २३, मृनाल गुरुङले १४, कृष्ण कार्कीले अविजित १२ र दिलसद अलिले १० रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका नारायण जोशीले तीन विकेट लिनुभयो । भोजराज भट्ट र नरेन साउदले दुई दुई तथा मिलन बोहराले एक विकेट लिनुभयो ।