• २४ जेठ २०८२, शनिबार

सद्भावलाई नेपाल एमेच्योर ओपन गल्फ उपाधि

blog

सद्भाव आचार्यलाई उपाधि प्रदान गरिँदै ।

काठमाडौँ, जेठ २२ गते । ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि सद्भाव आचार्यले जित्नुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न तीन दिने प्रतियोगिातका ब्यक्तिगततर्फ सद्भावले कूल २० अन्डर एक सय एक सय ९६ स्कोरका साथ उपाधि जित्नुभएको हो ।

अन्तिम दिन बिहीबार सद्भावले दुई अन्डर ७० खेल्नुहयो । यसअघि ३६ होलको टिम स्पर्धामा सद्भावले नेपालकै राहुल विश्वकर्मासँग मिलेर नेपाललाई टिम स्पर्धाको उपाधि पनि दिलाउनुभयो । 

ब्यक्तिगत स्पर्धामा राहुल विश्वकर्मा कूल १० अन्डर दुई सय ६ स्कोरका साथ दोस्रो हुनुभयो । उहाँले बिहीबार चार अन्डर ६८ स्कोर खेल्नुभयो । १० अन्डर दुई सय ६ स्कोरकार्ड बनाउनुभएका भारतका सुमित कोटवाल काउन्ट ब्याकका आधारमा तेस्रो हुनुभयो ।

महिलामा भारतकी आनन्थी विवेक पहिलो, भारतकै दिया क्रिसकुमार दोस्रो र नेपालकी ताका कार्की चित्रकार तेस्रो हुनुभयो ।

नेपाल गल्फ सङ्घले आयोजना गरेको तीन दिने ५४ होलको प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलङ्का र भारतका गरी ५७ खेलाडीको सहभागीता रहेको थियो ।