• १४ असार २०८१, शुक्रबार

बसको ठक्करबाट एक युवाको मृत्यु, दुई घाइते

blog

मृतक तोयनाथ उप्रेती

लीला झापाली 

बिर्तामोड, पुस २२ गते ।  झापाको बिर्तामोड २ स्थित चार पाने चोकमा शनिवार  साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ  भने अन्य दुई जना गम्भीर घाइते हुनुभएको छ  ।

शनिवार साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र –०१–००२ख–०१४९ नं को बससँग मे ५ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो । पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । दुर्घटनामा परी कनकाई  नगरपालिका ८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।  

उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए । मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कनकाई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते हुनुभएको छ  । माझीको बिर्ता सिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ ।