• २२ वैशाख २०८१, शनिबार

सेयर बजारमा उछाल

blog

काठमाडौँ, मङ्सिर २५ गते । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि खुलेको सेयर बजार उछालिएको छ ।

लामो समयदेखि लगानीकर्तालाई निराश बनााउँदै आएको सेयर बजार आइतबार खुलेकै पाँच मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको हो । लगातार तीन पटक सर्किट ब्रेक लागेको बजार १११.२० अङ्कले उकालो लागेको छ भने कारोबार रकम भने कम समय कारोबार हुँदा ४८ करोड रुपियाँमै सीमित भएको छ । 

आइतबार तेस्रो पटक सर्किट ब्रेक लागेर परिसूचक नेप्से छ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको छ । बजार खुलेको पाँच मिनेटमै चार प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११:२५ मिनेटमा खुलेको बजार दुई मिनेटमै पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यसपछि फेरि १२:७ बजे मा खुलेको बजार छ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आइतबारका लागि कारोबार भन्द भएको थियो ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक १११.२० अङ्कले उकालो लागेर १९६३.९८ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २१.२० अङ्कले उकालो लागेर ३७३.७५ को बिन्दुमा पुगेर रोकिएको छ । पहिलो दिनको नेप्से छ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.०९ प्रतिशतले उकालो लागेको छ । 

आइतबार जलविद्युत्, बिमा, होटेल तथा पर्यटन, विकास बैङ्क, उत्पादन तथा प्रशोधन, माइव्रmोफाइनान्स, व्यापार, फाइनान्स उपसमूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आइतबार बजारमा ३० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, शुभम् पावर र कालिञ्चोक दर्शनको १० प्रतिशतले सेयर मूल्य उकालो लागेको छ ।

इग्वा हाइड्रोपावरको ९.९९ प्रतिशतले र त्रिशूली जलविद्युत् कम्पनी, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल एसबिआई बैङ्कको ९.९७ प्रतिशतले उकालो लागेको छ ।

यस्तै चन्द्रागिरि हिल्सको ९.९६ प्रतिशत, सिँगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशत, हिमालय ऊर्जा विकास कम्पनीको ९.९१ प्रतिशत, समता घरेलु लघुवित्तको ९.८७ प्रतिशतले, ङादी ग्रुप पावर र सिवाइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले उकालो लागेको छ ।

हिमालयन पावर पार्टनर र आशा लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले, राधी विद्युत् कम्पनीको ९.८२, चिलिमे हाइड्रोपावर कम्पनीको ९.८१ प्रतिशत, पाँचथर पावर कम्पनीको ९.७६ प्रतिशत, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ९.७६, मोलुङ हाइड्रोपावर कम्पनीको ९.७५ प्रतिशत, अप्पर तामाकोशी हाइड्रोपावरको ९.७४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ९.६९ प्रतिशत, दोर्दी खोला जलविद्युत् कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९.६३ प्रतिशतले सेयर मूल्य उकालो लागेको छ ।

यस्तै ९.५ प्रतिशत बढीले सेयर मूल्य बढ्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको ९.५९ प्रतिशत, रिडी पावर कम्पनीको ९.५४ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ९.५३ प्रतिशतले उकालो लागेको छ ।

नेप्से उच्च अङ्कले बढ्दा पनि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य घटेको छ । उपकार लघुवित्त वित्तको ०.४२ प्रतिशतले र कालिका लघुवित्तको ०.०५ प्रतिशतले सेयर मूल्य घटेको हो ।

दुई वर्षमा फर्कियो

सेयर बजारमा यस्तै उच्च वृद्धि दुई वर्षअगाडि मङ्सिरमा छ प्रतिशतले नै बढेको थियो । २०७८ मङ्सिर ३० गते बजार छ प्रतिशतले बढेर बन्द भएको थियो । त्यो दिन बजार १३७ अङ्कले बढेर २४१८.८५ बिन्दुमा बन्द भएको थियो । त्यसयता अहिलेसम्म छ प्रतिशतले बढेको थिएन ।

सेयर लगानीकर्ता सङ्घ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल आइतबार सेयर बजारमा उछाल आउनुको मुख्य कारण मौद्रिक नीतिको समीक्षा नै भएको बताउनुहुन्छ । मौद्रिक नीति सार्वजनिक हुनेबित्तिकै बैङ्कहरूले ब्याजदर घटाउन थालिसकेको भन्दै उहाँले लगानीकर्तामा धेरै समयपछि उत्साह र भरोसा बढेको बताउनुहुन्छ ।

२०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैङ्कले घर कर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर, रियल स्टेट र हायर पर्चेज कर्जाको जोखिमभार घटाएका कारण आइतबारको माहोल देखिएको उहाँ बताउनुहुन्छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई समेत लचिलो बनाई कार्यान्वयनमा ल्याइने तथा सेयरमा गरिएको विद्यमान व्यवस्थाले जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झर्दा अर्बौं लगानीयोग्य रकम निस्किने छ, यो सकारात्मक पहल भएको उहाँको भनाइ छ ।

सेयर धितो कर्जाका विद्यमान सीमालाई वृद्धि गरिएका कारण कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा लगानीकर्तामा बढेको उहाँ बताउनुहुन्छ । 

के छ मौद्रिक नीतिमा

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापमार्फत मुख्यतः बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपियाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिएको छ । बैङ्किङ प्रणालीमा तरलता थुप्रिन थालेपछि राष्ट्र बैङ्कले प्रथम त्रैमासिक समीक्षामार्फत मौद्रिक नीतिका उपकरणलाई चलाइएको छ ।

सेयर बजारमा ५० लाखभन्दा कमको कर्जामा यसअघि नै जोखिम भार १०० प्रतिशत कायम गरिसकेको अवस्था छ । 

केन्द्रीय बैङ्कले बैङ्क दरलाई ७.५ प्रतिशतबाट घटाई सात प्रतिशत कायम गरेको छ । यस्तै नीतिगत दरलाई पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।