सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता विकासका लागि कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुसार पुँजी प्रवाह र कर्जाको पहुँचमा सहजता ल्याउन आवश्यक प्रबन्ध मिलाइने भएको छ ।
पाँच दिनअगाडि नयाँ नेतृत्व पाएको नेपाल राष्ट्र बैङ्क सेयर बजारका लागि लचिलो बनेको छ । राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएपछि आइतबार जारी भएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर बजारप्रति लचिलो नीति अवलम्बन गरिएको छ ।
नवनियुक्त गभर्नर प्राडा पौडेल सामुन्ने तरलता व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमनलगायत ताजा चुनौती रहेका छन् । साथै उचित मौद्रिक उपकरण र रणनीतिहरू तर्जुमा गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् । काठमाडौँ, जेठ ७ गते । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त हुनुभएको छ । मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राडा पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्र बैङ्कका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा हुनुभएको ४४ औँ दिनमा केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाएको हो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहनुभएको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहनुभएको थियो । सो समितिले प्राडा पौडेलसहित कामु गभर्नर डा. नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहनुभएका प्राडा पौडेललाई मन्त्रीपरिषद्ले गभर्नर नियुक्त गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच गभर्नर नियुक्त गर्ने विषयमा मङ्गलबार बिहान छलफल भएको थियो । अर्थमन्त्री पौडेल अध्यक्ष रहेको तीन सदस्यीय सिफारिस समितिमा सुरुमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् प्राडा विश्व पौडेललाई राखिएको थियो तर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिनुभएको थियो । त्यसपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा ल्याएको थियो । यसै गरी प्राडा विश्व पौडेलले पनि सिफारिस समितिको सदस्यबाट राजीनामा दिएपछि डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको थियो ।योजना आयोगदेखि गभर्नरसम्म नवनियुक्त गभर्नर प्राडा पौडेल सामुन्ने तरलता व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमनलगायत ताजा चुनौती रहेका छन् । साथै उचित मौद्रिक उपकरण र रणनीतिहरू तर्जुमा गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् । प्राडा पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । नेपालको आर्थिक इतिहासबारे जानकार पौडेलले गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख प्रकशित गर्दै आउनुभएको छ । प्राडा पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो । त्यसअघि उहाँले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको थियो । चीनको साङ्घाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययनसमेत गर्नुभएका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता पनि हुनुहुन्छ । विश्व बैङ्कको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालय र मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीका रूपमा उहाँले काम गरिसक्नुभएको छ । सुपरिवेक्षकीय क्षमता बढाउने प्रतिवद्धता नियुक्तिपछि सञ्चार माध्यमलाई प्रतिव्रिmया दिँदै डा. पौडेलले राष्ट्र बैङ्कको सुुपरिवेक्षकीय क्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सरकारसँग समन्वय गरी सरकारले लिने आन्तरिक ऋणको अर्थतन्त्रमा पर्ने असर घटाउने उपाय खोजी गर्र्ने र नेपाललाई ग्रे लिस्टबाट हटाउन समन्वयात्मक कदम चाल्ने बताउनुभएको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूमा देखिएका समस्या अध्ययन गरी आवश्यक मार्गदर्शन दिने पनि बताउनुभएको छ । उहाँले पुँजी बजारका लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक कदम चाल्ने बताउनुभएको छ भने उद्योग क्षेत्रलाई वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी नीतिगत योजना बनाउने, लघुवित्त कम्पनीका नीतिहरूमा सुधार गर्दै समयानुकूल परिमार्जन गर्ने, भुक्तानी प्रव्रिmयालाई आधुनिकीकरण गर्ने, विदेशी पुँजी ल्याउन र लान सहज बनाउनेलगायतका प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिँदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने गरी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको छ ।
तीन महिनाअघिको बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमा दाबी १२ अर्ब रुपियाँभन्दा बढी परेको छ ।
करिब एक वर्षपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।
अर्थतन्त्रमा विशेष योगदान दिँदै आएका साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउन सहजीकरण गरिने भएको छ ।
‘दसैँ आयो, खाउँला पिउँला.....नयाँ लुगा लगाउँला’ भनेर औँला भाँचेर गाउने दिन गए । मिठो खाने र नयाँ लुगा लगाउनेको पर्यायवाची बनेको दसैँको परिभाषा फेरिएको छ ।
स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि ‘इन्साइडर ट्रेडिङ’ (सेयर बजारमा भित्री कारोबार) गर्नेलाई कडा कारबाही गर्नेलगायतका धेरै प्रावधान थपेर धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मसौदा तयार गरिएको छ । बोर्ड अध्यक्ष र सञ्चालक बन्न अहिले सेयर कारोबारमा संलग्न व्यक्तिले नपाउने व्यवस्थाका साथै धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष तोक्न सक्नेसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार असार मसान्तसम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो । आव २०७९/८० मा रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने सङ्कुचन आएको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।
निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क नबिल बैङ्क लिमिटेड शुव्रmबारदेखि ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेको छ । २०४१ सालमा स्थापना भएर नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यो बैङ्क नेपालको
लामो समयपछि सेयर बजारमा उच्च सुधार आएको छ । निरन्तर गिरावटले दुई हजारको विन्दुमा रुमल्लिएको बजारमा एकाएक रौनकता छाएको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचकमा ४७ अङ्कको सुधार आएको छ भने कारोबार रकम साढे चार अर्बमाथि पुगेको छ । मङ्गलबार नेप्से परिसूचक ४७.०४ अङ्कले उकालो लागेर २१००.४३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अङ्कले उकालो लागेर ३७०.७१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.२९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.४७ प्रतिशतले उकालो लागेको छ ।
लामो समयदेखि नियमन र सुपरिवेक्षणबिच अभावको खाडल ठुलो हुँदै गएर समस्याको भुमरीमा फस्दै गएको सहकारी क्षेत्रलाई सरकारले सम्बोधन गर्न सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ । साथै बजेट वक्तव्यमा बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिनुका साथै बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गरिने जनाइएको छ ।
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै गएको छ । शाखा विस्तारसँगै बैङ्किङ कारोबार गर्ने जनसङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता पाँच करोड ४४ लाख र कर्जा खाता १८ लाख ७६ हजार पुगेको छ ।