• १२ साउन २०८१, शनिबार

अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

blog

भावना जोशी

अत्तरिया (कैलाली), मंसिर २४ गते । कैलाली को गोदावरीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा सुप प्र ०१००१ ह ३४८४ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गोदावरी बस्ने चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सार्कीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ ।