• १४ असार २०८१, शुक्रबार

जिप दुर्घटनामा चालकको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १८ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आइतबार राति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो ।

याम्फुदिनको भोटेगाउँदेखि छेबुकतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो । राति करिब ९ बजेतिर भएको जिप दुर्घटनामा सोही गाउँपालिका–५ पेदाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ बस्दै आएका चालक ३० वर्षीय लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको स्थलगत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।