• १० जेठ २०८१, बिहिबार

दाजुबहिनी बिनाको तिहार

blog

लायो पञ्चक शीतकाल सुरु भो आयो तिहारै जब

टीका लाउन दाजुभाइ बहिनी निम्ता पु¥याए तब

रातो पूर्व सँगै बसेर डिलमा कौवा कराए अहो ?

दोस्रो चाड तिहारको हरखुसी बाँडेर आयो ल यो ।


पैल्हो काग तिहारको दिन भयो त्यो प्रातको आगतम्

दिन्छन् भात लगेर मान उसको गर्दै सबै स्वागतम्

दोस्रो त्यो दिन गर्दछौँ कुकुरको पूजा भयो है जब

लायो चाड तिहार राष्ट्रिय अहो ? भित्रेर आयो अब ।


गाईको, धन धान्य मातृ जननी लक्ष्मी त तेस्रो दिन

पूजा हुन्छ अनेक फूल फलले भेटी चढाई कम

पूज्ने कार्य हुने छ चार दिनमा त्यो गोरु गोबर्धन

पाँचौंँ दाजु र भाइ पूज्य बहिनी नानाप्रकारै सँग ।


पाकेको घरमा छ अर्स खिउनी त्यो सेलरोटी अनि

हेर्दा चारतिरै जता झिलिमिली बत्ती बलेका पनि

घन्के मादल नाचगान छ कतै द्यौसी र भैलो उता 

ल्याएका फलफूल जो छ मसला बाँड्ने त मातापिता


बैनी दाजु र भाइ यो मिलनको यौटा अतृप्तै छ नि

यस्तो आत्मीयता भरेर कहिल्यै, कैल्यै न सिद्धिन्छ नि

कैलेदेखि चलेर आजतक नै चल्दै छ गाढा झनै

बढ्दै माथ गयो अझै दिनदिनै ठुलो महìव झनै ।


बाह्रै दाजु र भाइ होउ घरमा छोरी नभाको घर

छन् बाह्रै बहिनी त दाजु नभए लौ शून्य भो त्यो घर

बस्छन् दाजु कहाँ त देश दुरमा सम्झेर बैनी घर 

रुन्छन् दाजु बसेर देश दुरमा सम्झेर कठैबर ।